एमाले संघीयता विरोधी पार्टी हो: उपप्रधानमन्त्री निधि

Posted on: 29 Jan, 2017

महेन्द्र केसी/माघ १६, पर्वत । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

आइतबार पर्वतमा आएका मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए ।

उनले एमालले प्रदेश ४ को सिमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउनुको साथै संघीयराज्यमा जाने देखेपछि एमालले विद्रोह गरेको ठोकुवा गरे ।

शहिद स्मारक अंग्रेजी आवसिय माविको रजतजयन्तीको अबसरमा कुश्मा आएका निधिले एमालेको आवरण राष्ट्रबादका कारण अस्थीर राजनीतिले बढवा पाएको बताए । 

सरकारको तर्फबाट निधिले पहिलो पटक सहिद चोकमा रहेको सहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यापण समेत गरेका छन् ।

उनले सहिद दिवसको अबसरमा माल्यापण गरेका हुन् । ०६२।६३ को जनआन्दोलनमा मारिएका गोविन्दनाथ शर्माको सम्मानका लागि राज्यको तर्फबाट खासै सम्मान तथा कदर नभएको बेलामा मन्त्री निधिले पहिलोपटक सहिद शर्माको शालिकमा माल्यापण गरेका हुन् । 

मन्त्री निधिले सहिदको सपना साकार पार्नको लागि पनि अब सरकारले चाडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।

संविधान संशोधनमा एमालले गरेको किचलो राष्ट्रिय हित विपरित रहेको भन्दै निधिले देश र जनताले राष्ट्रबादी दल र नेता चिन्नेबेला आएको बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!