डडेल्धुरामा पनि पहिलोपटक निर्वाचन दिवस मनाईयो

Posted on: 18 Feb, 2017

फागुन ७, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार निर्वाचन दिवस मनाईंएको छ । 

पहिलो आमचुनाव भएको दिनको सम्झनामा अबदेखि फागुन ७ गते निर्वाचन दिवस मनाईएको जिल्ला  निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आमचुनाव भएको सम्झनामा यो दिवस मनाउन यो बर्ष देखी सुरु गरीएको हो  । 

दिवसको अवसरमा कार्यालयले फागुन ५ गते देखी शनीबार ७ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाएको कार्यालयले जनाएको छ । दिवसको अवसरमा फागुन ५ गते जिल्ला निर्वाचन कार्यालयमा व्यानर प्रर्दशनी, ६ गते कार्यालय परिसर सरसफाई र शनीबार अन्र्तक्रिया कार्यक्रम गरि दिवस भव्यताका साथ मनाएको छ । 

शनीबार जिल्ला सदरमुकाममा फोटो सहितको मतदाता नामावली संकलन अद्यावाधिक समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंहको अध्यक्षतामा निर्वाचन र लोकतन्त्र बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । 

उक्त अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कृष्ण नायकले डडेल्धुरामा अझैँ ६ हजार भन्दा बढी नागरिकहरु बिभीन्न काणरले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नबाट छुटेको अनुमान गरिएको बताएका थिए । 

डडेल्धुरामा अहिले सम्म ३८ हजार सात सय १० जना महिला र ३७ हजार आठ सय ६६ जना पुरुष गरि ७६ हजार पाँच सय ७६ जनाले निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावलीमा नाम गर्दा गरेको निर्वाचन अधिकृत नायकले कार्यक्रममा जानकारी गराएका हुन् । 

जसमा महिलाहरुको संख्या करिब एक हजारले बढी रहेको छन् । कार्यालयले गत पुस १८ गते देखी माघ ३ गते सम्म जिल्लाका बिभिन्न ठाउँमा सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली दर्ता शिविरमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका ११ सय ५५ जनाले नाम दर्ता गरेका छन् । 

धेरै व्यक्तिहरुले नागरिकता लिएको भए पनि बिभिन्न कारणले फोटो सहितको मतदाता नामावलीमा नाम दार्ता गराउनबाट छुटेको देखिएको कार्यालयले जनाएको छ ।  लोकतन्त्रको मेरुदण्ड मानिने आवधिक चुनाव पहिलोपटक भएको ५८ वर्षपछि आयोगको निदेर्शनमा पहिलोपटक दिवस मनाईएको हो । 

शनीबार गरीएको अन्र्तक्रीया कार्यक्रममा मतदाता केन्द्र,लोकतन्त्रको परिभाषा, डडेल्धुरामा दर्ता भएका राजनीतीकदलहरु लगायतका बारेमा छलफल भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!