स्ववियुका उम्मेदवार बिद्यार्थी खोज्दै घर-घर पुग्दै

Posted on: 27 Feb, 2017

ललित बोहरा/फागुन १६, डडेल्धुरा । यहि फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागी डडेल्धुराका बिद्यार्थी नेताहरु प्रचार प्रसार गर्ने थालेका छन् । 

बिभिन्न प्रचा–पम्प्लेट लिएर उम्मेदवाहरु बिद्यार्थीका घर–घर , कोठा–कोठा, र छात्रावास धाउन थालेका छन् । भने समाजीक सञ्जालहरुमा पनी बिभिन्न आसवासन दिई भोट मागी रहेका छन् ।

 सदमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।  तिन बिद्यार्थी संगठनहरु अनेरास्ववियु, अखिल(क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी यूनियन संयुक्त रुपमा प्रचारमा छन भने नेबिसंघ एकलै प्रचारमा लागेको अनेरास्ववियुबाट सभापतीकी उम्मेदवार प्रिया कुमारी मल्लले जनाएको छ ।  सभापतीकी उम्मेदवार मल्ल महिला उम्मेदवार भएकोले कांग्रेस निकटको नेपाल बिद्यार्थी संगठन(नेविसंघ)बाट जगत ऐरले उम्मेदवारी दर्ता गराएका छन् भने चार बिद्यार्थी संगठनहरु एमाले निकट अमेरास्ववियु, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी युनियनबाट सयुक्त रुपमा अनेरास्वयुकी प्रिया कुमारी मल्लले उम्मेदवारी दिएकी छिन् ।

यसैगरी उता भित्रि मधेस क्षेत्रमा रहेको त्रि      बेणी बहुमुखी क्याम्पसमा पनि उम्मेदवारी दर्ता गरिएको छ । सभापतिका लागि अखिल(क्रान्तिकारी)बाट मोहन धामी, अनेरास्ववियुबाट चक्र साउँद र नेविसंघबाट कृष्ण धामीले उम्मेदवारी दिएका छन् ।

 त्रिभुवन विश्वविद्यालयले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिईसकेको छ । तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहरु १५ र १६ गते विहान साँढे १० बजेसम्म सम्पन्न गर्न त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!