नेकपा माओवादी केन्द्र ढोरपाटन नगरको वडा सम्मेलन सम्पन्न

Posted on: 04 Mar, 2017


फागुन २१, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत बुर्तिबाङ्ग गाविसको वडा नम्बर–६,७, ८ र ९ पर्ने वडापालिकाको सम्मेलन भएको छ । 

सम्मेलनले लोकबहादुर विकको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नरप्रसाद पाण्डे, सचिवमा धनबहादुर कार्की, र कोषाध्यक्ष मनकुमारी कार्की रहनुभएको छ । 

सम्मेलनले हेमलाल थापा र गंगाबहादुर कार्की सदस्य रहेको ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । १ जना सल्लाहकार पछि थपिने माओवादी केन्द्रले जनाएको छ । 

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगरपालिका सहईञ्चार्ज चन्द्र अर्यालले प्रश्तावित स्थानिय तहको संरचनामा निर्वाचन गरि जनप्रतिनिधि चयन गरेर स्थानिय विकासका लागि निति निर्माण गरेर अघि बढ्ने अवसर आएको बताउनुभयो । 

उहाँले परिबर्तनका मुद्धाहरुलाई संस्थागत गर्नका लागि संविधान कार्यान्वयन र संविधान कार्यान्वयका लागि निर्धारित समयमा निर्वाचन आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रम नरप्रसाद पाण्डेको अध्यक्षता, काजुमान विकको स्वागत र धनबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!