सुतेको कोठामा अचेत फेला परेका रमेशको मृत्यु

Posted on: 26 Apr, 2024

बैशाख १४, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ ओमभवनस्थित एक घरमा अचेत अवस्थामा फेला परेका पुरुषको बिहीबार साँझ मृत्यु भएको छ 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिहीबार केदार शाहीको घरमा पाहुना लाग्न गएका ललितपुर माहालक्ष्मी नगरपालिका-८ का ५१ वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको हो ।

बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा सुतेको कोठामा अचेत अवस्था फेला परेका श्रेष्ठलाई उपाचरका लागि हेटौँडा अस्पतालमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!