एमालेको प्रशिक्षण कार्यक्रम तमानखोला र निसीखोला गाउँपालिकामा

Posted on: 29 Mar, 2017

कृष्ण कँडेल/चैत १६, बाग्लुङ । नेकपा एमाले बागलुङको तमानखोला गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम मंगलबार गाउँपालिकाको केन्द्र बोङ्गादोभानमा भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठकले स्थानिय निर्वाचनमा होमिन स्थानिय नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले सबै बामपन्थी शक्ति एकजुट हुँदा बलियो बन्ने भन्दै कम्युनिष्ट पार्टि विच चुनाबि तालमेलको प्रयास भईरहेको बताउनुभयो । 

कार्यक्रममा उपसचिव विष्णु भुषाल, जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सदस्य केसर छन्त्याल, गोकुल छन्त्याल, उमादेबि घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो ।  भेलाले जिल्ला सदस्य उदिम छन्त्यालको संयोजकत्वमा २५१ सदस्यीय तमानखोला गाउँपालिका स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

यस्तै निसिखोला गाउँपालिकाको झिवाखोलामा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर–४ का सदस्य प्रेम खरेलले गाउँगाउँमा निर्वाचन केन्द्रित अभियानमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एमाले सरकारले गरेका काम र राष्ट्रियताको पक्षका लिएको अडानका कारण स्थानिय तहको निर्वाचनका लागि देशभर एमालेको लहर देखिएको तर्क गर्नुभयो । 

कार्यक्रममा जिल्ला सचिब लालबहादुर थापा, स्थानिय तह विभाग प्रदेश नम्बर–४ का सदस्य टंकप्रसाद पौडेल र जिल्ला सदस्य लालबिर लौप्चनले मन्तव्य राख्नुभएको थियो । 

भेलाले जिल्ला सदस्य लालबिर लोप्चनको संयोजकत्वमा गाउँपालिका स्तरिय १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!