मोदी गाउँपालिकाको संयोजकमा पौडेल सर्वसहमत

Posted on: 02 Apr, 2017

http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । नेकपा माओवादी केन्दं्रले स्थानीय तहको चुनावलाई लक्षित गरी गाउ जागरण अभियानमा जुटेको छ । दुई नगरपालिका र पाँच गाउँपालिका भएको पर्वतमा पुर्नसंरचना अनुसारनै नयाँ कमिटि गठन गर्दै अभियानमा जुटेको हो । मोदी गाउँपालिकामा भएको भेलाले केन्द्रिय सदस्य मनबहादुर पौडेलको नेतृत्वमा ४५ सदस्यीय गाउँपालिका स्तरीय कमिटि गठन गरेको छ ।

शनिबार भएको बृहत भेलाले उपाध्यक्षमा कृष्ण सुवेदी, सचिवमा गंगा तिमिल्सिना, कोषाध्यक्षमा नम्रता नेपाली र सहसचिवमा चिजकाजी गुरुङ सर्वसहमत चयन भएका छन् । माओवादी केन्द्रले साविक गाउँ विकास समितिका अध्यक्षहरु स्वतः गाउपालिका स्तरीय कमिटिको सदस्य हुने जनाएको छ । त्यस्तै केन्द्रिय एवं क्षेत्रीय सदस्य पनि सदस्य रहनेछन् ।

गाउँगाउँमा आफ्ना कार्यकर्तालाई एकिकृत गर्दै, नयाँ सदस्यहरु बनाउँदै माओवादी केन्द्र स्थानीय निकायको चुनावलाई लक्षित गरी अगाडि बढिरहेको नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारीले बताए ।


हामी स्थानीय तहको चुनावलाई लक्षित गरी अभियानमा जुटेका हौं ।   पुराना गाउँ कमिटि खारेज गर्दै पुर्नसंरचना अनुसार नयाँ कमिटि गठन गर्दै चुनावी प्रचारप्रसारमा लागेका छौ चैत्र महिनाभित्र हामीले पुर्नसंंरचना अनुसार नयाँ कमिटि गठन गरी सक्नेछौ । अधिकारीले भने ।

नेकपा माओवादी केन्द्रले हिजो दश बर्षे जनयुद्धको तयारी गर्दा जन सरकारको माग गरेको थियो र अहिले सोही अनुसार संघीयताको माडालिटिमा जन सरकार गठन हुन लागेको बताए ।


नागरिकले केन्द्रबाट पाउने अधिकारलाई विकेन्द्रिकरण गरी सोही स्थानबाट प्राप्त गर्न सकनु भन्ने हिसाबले माओवादी केन्द्रले थालेको शसस्त्र जनयुद्धको उपलब्धी संस्थागत हुने बेला आएको उनले बताए । 

माओवादीको अबधारणा अनुसारनै देशमा संघीयता आएको छ नागरिकलाई अब नगर तथा गाउँपालिका स्तरको जनसरकारबाट सेवा सुविधा प्राप्त हुनेछ । अधिकारीले भने ।


नेत्र अधिकारीले जिल्लाका साविक गाविसमा भएका कमिटि भंग गर्दै पुर्नसंरचना अनुसार वडा कमिटि तथा नगर तथा गाउँ कमिटि गठन गर्ने अभियान चलिरहेको बताए । उनले माओवादीको नेतृत्वमा सरकार रहे अबको १० बर्षमा देशले विकासमा कायपलट हुने समेत बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!