प्रेस सेन्टर ताराखोला गाउँपालिकाको अध्यक्षमा पुर्णभन्द्र निउरे

Posted on: 07 Apr, 2017


चैत्र २५, बागलुङ | ताराखोला गाउँ पालिकाभित्र का प्रेस सेन्टर संग निकट  सन्चार कर्मी हरु को भेला  आज  ताराखोला सम्पन्न  भयको छ ।  

भेला ले पूर्णभद्र निउरे को अध्यक्षता मा १ सदस्य पछि थप्ने गरि १७ सदस्यीय प्रेस सेन्टर नेपाल ताराखोला गाउपालिका को गठन गरेको छ । 

समितिको उपाध्यक्षमा सुमित्रा सुनार, सचिब शान्त खत्री मौसम, सहसचिव सबिता खत्री र कोषाध्यक्षमा बिवेक परियार रहनुभएको छ । समितिको सदस्यमा कमल घर्ती, ललित घर्ती, सन बहादुर बि क, भिमा रोका, उमाकान्त निउरे, गंगा चालिसे, दल घर्ती, केशव खड्का, निरु घर्ती र मिथुन घर्ती रहनु भएको छ । 

कार्यक्रममा अखिल क्रान्तिकारिका केन्द्रिय उपाध्यक्ष दिवस खत्री, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धन बहादुर खत्री, वाईसिएल केन्द्रिय सदस्य  नरेश केसि, अखिल नेपाल शिक्षक संगठन बाग्लुङ का जिल्ला सदस्य थम प्रसाद रोका लगायतले  शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।    

कार्यक्रम भेला आयोजक समितिका  संयोजक पूर्णभद्र निउरेको अध्यक्षता, सबिता खत्री को स्वागत र सान्त खत्री मौसमको संचालनमा सम्पन्न  भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!