वाइसिएल जाग्यो अब शिकार गरेरमात्रै बस्छ ः देवकोटा

Posted on: 16 Apr, 2017

नेकपा माअ‍ोवादी केन्द्रको भातृसंगठन वाइसिएल प्रदेश ४ का इन्चार्ज एवं केन्द्रिय सदस्य सुमन देवकोटाले वाइसिएल अब जागेको बताएका छन् । बाघले ४ घण्टा शिकार गर्ने र बाँकी २० घण्टा आराम गर्ने भन्दै अब आरामबाट वाइसिएल शिकारको लागि निस्की सकेको  बताए ।

 उनले पार्टीले वाइसिएललाई रोकेका कारण मात्रै बाघको झै निद्रामा बसेको र यहि मौकामा देशमा व्यथिति, भ्रष्टाचार, अनियमितता मौलाएको भन्दै अब त्यसको रोकथामको लागि वाइसिएल जागिसकेको बताए । उनले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरी वाइसिएल अब गाउँगाउँ पस्ने र आफ्नो लालकिल्ला बनाएर मात्रै बस्ने भन्दै अब वाइसिएल जागेको बताएका हुन् ।
Image may contain: 3 people, indoor

शनिबार कुश्मामा भएको माओवादी केन्द्रको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब कुनै पनि हालतमा माओवादी केन्द्रको जीत हुनुपर्ने भन्दै वाइसिएललाई एकिकृत भएर बाघको झै शिकारमा निस्कनको लागि आग्रह गरे ।

अब सुत्ने बेला हैन शिकार गर्ने बेला हो, गाउँगाउँ पस्नुपर्छ र आफ्नो लाल किल्ला बनाएर मात्रै आराम गर्नुपर्छ तब मात्रै देशले निकास पाउँछ उनले भने ।

गुण्डाहरु बोकेर हिड्ने राजनीतिक दल र एजेण्डा नभएकाहरुलाई भोट दिने कुनै पनि आधार नभएको भन्दै जसको एजेण्डा उसैको जित सुनुश्चित हुनुपर्नेमा उनले जोड दिए । वाइसिएलले अब गाउँगाउँमा पुगेर माओवादी केन्द्रले ल्याएका एजेण्डाको बारेमा प्रचारप्रसार गरी आफ्नो लालकिल्ला बनाउनको लागि जाग्नुपर्ने बेला आएको बताए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!