काँग्रेसलाई झड्का – बनौ दलित संघको सिंगो टोली माओवादी केन्द्रमा प्रवेश

Posted on: 17 Apr, 2017

पर्वत । जलजला गाउँपालिका ९ बनौमा नेपाली काँग्रेस दलित संघ बनौका अध्यक्ष दिल बहादुर सार्कीको  नेतृत्वमा ९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  दलित संघको सिंगो टोलीनै माओवादी केन्द्रमा प्रवेश गरेको बनौ बाट माओवादी केन्द्रका गौ बहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार आइतबार बसेको वडा भेलाले निर्मल पुन को अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्ष कुम बहादुर गर्वुजा, सचिव टेकु पुर्जा, कोषाध्यक्ष मिस्मा फगामी, सहसचिव  मिन पुर्जा रहेका छन् । त्यस्तै सदस्यहरुमा  गौबहादुर पुर्जा, मनोज पुर्जा, खरु फगामी , हस्तबहादुर पुर्जा , पुर्ने पुजा, नम्रता पुर्जा, अम्बरी फगामी,पदमबहादुर पुर्जा , मिलन पुर्जा, विरबहादुर पुर्जा , दिरबहादुर फगामी , श्याम बहादुर पुर्जा , दलबहादुर पुर्जा र टिका फगामी  रहेका छन् ।


सोही भेलाले  दमिसा फगामीको नेतृत्वमा २१ सदस्य अखिल नेपाल महिला संघ गठन गरेको छ  भने  भीमबहादुर फगामीको  नेतृत्वमा ३५ सदस्यीय वाइसिएल वडा कमिटि गठन गरेको छ । 

जलजला गाउँपालिकाका संयोजक एवं केन्द्रिय सदस्य दिपक आचार्यको आथित्यमा भएको कार्यक्रममा बोल्दै आचार्यले जसको एजेण्डा उसकै जित हुनुपर्नेमा जोड दिए । उनले माओवादी केन्द्रको जित  जलजला गाउँपालिकामा सुनुश्चित जस्तै भएको भन्दै बहुमतका साथ विजय हुनको लागि टोलटोलमा जागरण अभियान चलाउनुपर्नेमा जोड दिए । धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता र समावेशीता माओवादीको एजेण्डा रहेको र सोही अनुसार देश अगाडि बढेको भन्दै उनले माओवादी केन्द्रको जीत नभए देशले यी चार चिज गुमाउने खतरा रहेको बताए ।


दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दुर्गा दर्जीले दलितको एजेण्डा बाकेको पार्टी माओवादीनै भएका कारण माओवादीलाई जिताउनुपर्नेमा जोड दिए । समाजमा भएका छुवाछुत अन्त्य गर्नको लागि र सवै जातजाति भाषाधर्म सम्प्रदायका मानिसहरु एक भएको सन्देश दिनको लागि माओवादी केन्द्रले अभियान चलाएको र सोही अनुसार देशमा गणतन्त्र स्थापना भएको बताए । उनले दलितहरुको मुक्तिको लागि जनयुद्धकालबाट माओवादीले अभियान चलाएको र आज क्रमिक रुपमा सफल भएको भन्दै थप अधिकार प्राप्त गर्न र दलितहरुको अधिकार सुनुश्चित गर्नको लागि माओवादी केन्द्रमा भोट हाल्नुपर्नेमा जोड दिए ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!