लमजुङमा एमाले-माओवादीबीच चुनावी तालमेल

Posted on: 27 Apr, 2017

बैशाख १४, लम्जुङ । स्थानीय चुनावमा लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल हुने भएको छ । एमाले-माओवादीको चुनावी मोर्चाबन्दी पछी पनि कांग्रेसले आफुले लम्जुंगमा जित्ने दावी गरेको छ । जिल्लाभर भएका ८ स्थानीय तह मध्ये एमालेले ५ र माओवादी केन्द्रले तीन वटा लिने सहमति भएको छ । 

सहमति अनुसार माओवादीलाई दुधपोखरी, दोर्जी गाउँपालिकाको प्रमुख र मध्यनेपाल नगरपालिकाको मेयर दिने सहमति भएको छ भने बाँकी एमालेको भागमा परेको छ । सहमति अनुसार माओवादीले प्रमुख लिएको स्थानमा उपप्रमुख एमालेले लिनेछ त्यस्तै एमालेले प्रमुख लिएको तीन स्थानमा माओवादीले उपप्रमुख लिनेछ तर बाँकी २ तहमा भने एमालेले प्रमुख र उपप्रमुख लिने सहमति भएको छ । 

लम्जुङ्गमा कांग्रेस बलियो मानिन्छ । माओवादीले कांग्रेससँग तालमेल गर्न खोजेपनि कांग्रेसले नमानेपछी एमालेसंगको सहकार्य गर्न लागेको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!