देउवालाई दिनुभन्दा संसद बिघटन गराउने प्रचण्डको तयारी

Posted on: 02 May, 2017

बैशाख १९, काठमाडौं । यस्तै सल्लाह दिइरहेका छन् प्रधानमन्त्री पुष्पकमल दाहालका कानुनी सल्लाहकार महान्यायाधिबक्ता रमण श्रेष्ठ । संसद बिघटन गरिदिएपछि काम चलाउ आफै हुनपाइने ।

अहिलेको संविधान संशोधनको टण्टै साफ हुने र मधेसी मोर्चा पनि खुश हुने । संसदको निर्वाचन गरेपछि मात्र स्थानीयतिर लाग्न समय पाइने ।

देउवाको हात चिलाउँदा सालो र श्रीमतीमार्फत कमिशन त खूब कुम्ल्याए । सत्ताबाट चाहिं हात धुनुपर्ने हो कि ? प्रधानमन्त्रीले भोलि नै संसद बिघटन गरिदिए भने आश्चर्य नमाने हुन्छ ।

किनभने पहिलो संविधानसभा बाबुरामले बिघटन गरिदिए, संविधान घोषणापछिको स्थानीय निर्वाचनको मुखमा दाहालले संसद बिघटन गर्न सक्छन् । राजनीतिक विश्लेषकहरु यस्तै सम्भाबना देख्न थालेका छन् ।

किनभने प्रधानन्यायाधीश माथि महाभियोग लगाएपछि र स्थानीय निर्वाचनको मुखमा संविधान संशोधन पर धकेलिएपछि प्रधानमन्त्रीका लागि संसद बिघटन गर्ने अच्छा अवसर जो प्राप्त भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!