माओवादी केन्द्रले दर्ता ग¥यो सातवटै तहमा आफ्ना उम्मेदवार

Posted on: 02 May, 2017

पर्वत । नेकपा माओवादी पर्वतले यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तहको लागि जिल्लाका सातवटै तहको लागि उम्मेदवारको नामवली निर्वाचन कार्यालयमा दर्ता गरेको छ । माओवादी केन्द्रले जिल्लाका दुइ नगरपालिका र पाँच वटा गाउँपालिकामा आफ्ना मेयर तथा उपमेयरको नाम आयोगमा दर्ता गरेको हो ।  जस अनुसार 

जलजला गाउँपालिकामा मेयरमा बाबुराम कार्की, उपमेयरमा सीता मल्ल, कुश्मा नगरपालिका मेयरमा  शंकर गिरी, उपमेयरमा तारा रिजाल, मोदी गाउँपालिकामा  मेयरमा  मनबहादुर पौडेल, उपमेयर गंगा तिमिल्सिना पौडेल को नाम आयोगमा दर्ता गरेको छ ।  त्यस्तै फलेवास नगरपालिका  मेयर मोती शर्मा रेग्मी, उपमेयरमा शोभा क्षेत्री रहेका छन् । 

Image may contain: 11 people, people standing and outdoor

यता महाशिला गाउँपालिकामा मेयरमा रुपनारायण अधिकारी, उपमेयरमा जयकली मल्ल, बिहादी गाउँपालिका कृष्णप्रसाद शर्मा,  उपमेयरमा विष्णु भुसालको नाम दर्ता भएको छ । भने पैंयु गाउँपालिका  मेयर मा पुण्यप्रसाद आचार्य र उपमेयरमा  अम्बिका न्यौपानेको नाम दर्ता भएको छ । माओवादी केन्द्रलाई आयोगले नेकपा माओवादी केन्द्रका लागि १ बजेदेखि साढे २ समय तोकेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!