उम्मेदवारी दर्तासँगै पर्वतमा चुनावी चहलपहल शुरु

Posted on: 03 May, 2017

पर्वत । स्थानिय तहको निर्वाचनका लागि पर्वत जिल्लाका राजनीतिक दलहरुले सक्रिए रुपमा सहभागीता जनाएका छन् । आयोगले तोके अनुसार मंगलबार शीर्ष राजनीतिक दलहरुले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सवै राजनीतिक दलहरु एकैपटक उम्मेदवारी दर्ता गर्न आउँदा सम्भावित घटना हुनसक्ने भन्दै छुट्टाछुट्टै दललाई छुट्टाछुट्टै समय दिएको थियो । आयोगले मंगलवार विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । जसमध्ये नेपाली काँग्रेसको लागि विहान १० बजेदेखि साढे ११ बजेसम्म, नेकपा एमालेका लागि साढे ११ बजेदेखि १ बजे सम्म, नेकपा माओवादी केन्द्रका लागि १ बजेदेखि साढे २ बजे सम्म र राप्रपाका लागि साढे २ देखि ४ बजे सम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सोही समय तालिका अनुसार जिल्लामा रहेका राजनीतिक दलहरुले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् । दुइ नगरपालिका र पाँच वटा गाउँपालिका भएको पर्वतमा राजनीतिक दलहरुले सोही अनुसार आफ्नो उम्मेदवारी  दर्ता गराएका छन् । आजको सहरान्यूजमा खबर छ ।

नेपाली काँग्रेस

बैशाख ३१ को स्थानीय तहको निर्वाचनका लागि पर्वतका राजनीतिक दलहरुले निर्वाचन अधिकृतको कार्यालयमा आज मनोनयन दर्ता गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा, जनमोर्चा लगायतका १६ दलले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनय गराएका हुन । काँग्रेसले पनि नगर गाउँ तथा वडाका उम्मेदवारहरुको मंगलबार मनानेयन दर्ता गरेको छ । 

कुश्मानगरपालिकाको मेयरमा रामचन्द्र जोशी र उपमेयरमा सीता काफ्ले लामिछाने सहित सवै १२ वटै वडाका उम्मेदवाहरुले निर्वाचन अधिकृतको कार्यालयमा भव्य ¥याली सहित उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेस केन्द्रिय सदस्य एवं साँसद अर्जुनप्रसाद जोशी, जिल्ला सभापति खिमप्रसाद भुसाल, निवर्तमान सभापति लालकाजी गुरुङ, पूर्व सभापति नवराज गुरुङ सहित जिल्ला कार्यसमितिका पदाधिकारी सहित हजारौँको सहभागितामा कुश्मावजारमा ¥याली सहित मनोनयन दर्ता भएको छ ।

फलेवास नगरपालिकामा मेयरका उम्मेदवार गंगाधर तिवारी र उपमेयरका उम्मेदवार रेखा गुरुङ सहित सवै ११ वटै वडामा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । मोदी गाउँपालिकामा अध्यक्षका उम्मेदवार विश्वप्रकाश प्रसाई र उपाध्यक्षका उम्मेदवार मिना केसी, जलजला गाउँपालिकामा अध्यक्षका उम्मेदवार यामवहादुर मल्ल रामकृष्ण र उपाध्यक्षका उम्मेदवार सीमा गर्वुजा , विहादी गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रविण गुरुङ र उपाध्यक्षका उम्मेदवार विष्णुमाया खड्का सहित गाउँपालिकाका सवै वडाका उम्मेदवारहरुले मनोनयन दर्ता गरेको जानकारी आएको छ । 

त्यस्तै पर्वतको महाशिला गाउँपालिकामा अध्यक्षका उम्मेदवार कृष्णवहादुर गुरुङ उज्वल र उपाध्यक्षका उम्मेदवार सृजना मल्ल ठकुरी र  पैयूँ गाउँपालिकामा अध्यक्षका उम्मेदवार खगेन्द्रप्रसाद तिवारी र उपाध्यक्षका उम्मेदवार जसमती गुरुङ सहित सबै वडाका उम्मेदवारहरुले विशाल ¥याली वाजागाजा सहित मनोनयन दर्ता गराएका छन् । 

नेकपा एमाले

नेकपा (एमाले)को तर्फबाट पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामा पार्टीका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा वाजागाजा सहित ¥यालीको साथमा पुगेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । कुस्मा नगरपालिकामा मेयर पदमा मेघनाथ सुबेदी र उपमेयर पदमा मुगा पोखरेल लगायतका सवै वडाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएको छ । फलेबास नगरपालिकामा पदमपाणी शर्मा मेयर र मञ्जु अधिकारी लगायतका सवै वडाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । जलजला गाउँपालिकामा अध्यक्षमा लालबहादुर अधिकारी र उपाध्यक्षमा अनिता शर्मा, मोदी गाउँपालिकामा प्रेम पौडेल अध्यक्ष तथा सेती महत , बिहादी गाउँपालिकामा अध्यक्षमा कमल भुसाल र उपाध्यक्षमा डम्बरकुमारी गुरुङ्ग, पैंयु गाउँपालिकामा मित्रलाल बस्याल र उपाध्यक्षमा भने गोमताकुमारी शर्मा , महाशिलामा अध्यक्षमा राजु पौडेल र उपाध्यक्षमा विष्णु थापा लगायतका सवै वडाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

माओवादी केन्द्र 

नेकपा माओवादी पर्वतले यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तहको लागि जिल्लाका सातवटै तहको लागि उम्मेदवारको नामवली निर्वाचन कार्यालयमा दर्ता गरेको छ । माओवादी केन्द्रले जिल्लाका दुइ नगरपालिका र पाँच वटा गाउँपालिकामा आफ्ना मेयर तथा उपमेयरको नाम आयोगमा दर्ता गरेको हो ।  जस अनुसार 

जलजला गाउँपालिकाको अध्यक्षमा बाबुराम कार्की, उमापध्यक्षमा सीता मल्ल, कुश्मा नगरपालिका मेयरमा  शंकर गिरी, उपमेयरमा तारा रिजाल, मोदी गाउँपालिकामा  अध्यक्षमा  मनबहादुर पौडेल, उपअध्यक्षमा गंगा तिमिल्सिना पौडेल को नाम आयोगमा दर्ता गरेको छ ।  त्यस्तै फलेवास नगरपालिका मेयर मोती शर्मा रेग्मी, उपमेयरमा शोभा क्षेत्री रहेका छन् । 

यता महाशिला गाउँपालिकाको अध्यक्ष पदका लागि रुपनारायण अधिकारी, उपाअध्यक्षमा जयकली मल्ल, बिहादी गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद शर्मा,  उपाअध्यक्षमा विष्णु भुसालको नाम दर्ता भएको छ । भने पैंयु गाउँपालिका  मेयर मा पुण्यप्रसाद आचार्य र उपाअध्यक्षमा  अम्बिका न्यौपानेको नाम दर्ता भएको छ । माओवादी केन्द्रलाई आयोगले नेकपा माओवादी केन्द्रका लागि १ बजेदेखि साढे २ समय तोकेको थियो । 

चुनावको मिति नजिकिँदै जाँदा सवैजसो तयारीहरु पनि पुरा भएका छन् । निर्वाचनका लागि आवश्यक सवै सामान आइसकेको छ भने अहिले प्रत्येक मतदान केन्द्रमा पठाउने सामानको प्याकिङ्गको काम भैरहेको शर्माले जानकमारी दिनुभयो । त्यसैगरी १ सय २९ जना मतदान अधिकृत, १२९ जनानै सहायक मतदान अधिकृत,। २ सय ५६ जना सहायक कर्मचारी, २ सय ५६ जना सहयोगी तथा ३ सय ३८७ जना स्वयंसेवक नियुक्ति प्रकृया समेत अघि बढाइएको कार्यालयले जनाएको छ । स्थानिय तहको चुनावमा पर्वतमा १ हजार १ सय ५७ जना कर्मचारी सहभागि हुने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्रीक पाटी

राप्रापाबाट कुश्मा नगरपालिकाको मेयरमा इश्वर पौडेल र उपमेयरमा मानकुमारी गिरीको नाम पार्टीले अगावै घोषणा गरेको थियो । सोही अनुसार आयोगमा नाम दर्ता भएको छ ।

यसैगरी कुस्मा नगरपालिकाको वडा नं ६ मा रुद्र गिरी अध्यक्ष, वडा नं ११ पिपलटारीमा अम्मर बिक(सुजन), वडा नं १२ मा राजेन्द्र पौडेललाई उमेदवार बनाउने निर्णय पनि जिल्ला कमिटीले गरेको छ । एमालेको तर्फबाट बाजुङ्गमा अध्यक्ष पदमा निर्णय गर्न बाँकी छ । यता पार्टीमा नगरपालिकामा मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष छनौटमा प्रदेश कमिटीले एकलौटी गरेको भन्दै असन्तुष्टि समेत देखिएको छ । जलजलामा उदय सुबेदी र मोदीमा भक्त कुवँर सशक्त दाबेदार भएपनि प्रदेशले एकलौटी गरेको गुनासो असन्तुष्टहरुको छ । बिबाद नै नभएको पैंयुमा समेत बिबाद खडा गर्ने काम प्रदेशले गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!