पर्वतका काँग्रेसको मुख हसिलो, एमाले चिन्तित, माओवादी मौन

Posted on: 15 May, 2017

पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेसँगै काँग्रेसको मुख हसिँलो, एमालेको चिन्तित र माओवादी केन्द्रको निराश मौन अबस्थाका अनुहार देखिन थालेको छ ।

सबै तहका केन्द्रहरुमा मत गणना शुरु भएको भएपनि प्रारम्भिक मतगणना सवै तहको प्राप्त हुन सकेको छैन । प्राप्त भएका मतगणनाको प्रारम्भीक नतिजाले नेपाली काँग्रेसको अग्रहता लिएको छ भने एमालेले पिछा गरेको देखिन्छ । त्यस्तै माओवादी केन्द्रको भने खासै सोचजस्तो नतिजा भने आउन सकेको देखिदैन । 

जिल्लामा रहेका कुल ९९ हजार २ सय ४३ मत मध्ये ६९ हजार १ सय ५४ ७५ जनाले मतदानमा सहभागिता जनाएका हुन् । भने ३० हजार भन्दा बढिले मतदानमा सहभागिता नजनाएको पाइएको हो । जस मध्ये महिला ३९ हजार १ सय ९७ र पुरुष २९ हजार ८ सय ७८ जना सहभागि भएका हुन् ।

कुश्मा नगरपालिकामा १७ हजार ६ सय ११, फलेवास नगरपालिकामा १२ हजार ९ सय ७६, मोदी गाउँपालिकामा १० हजार ९ सय ४१ , जलजला गाउँपालिकामा ९ हजार ६ सय ४९ मत खसेका हुन् ।


यसैगरी पैंयु गाउँपालिकामा ६ हजार ८ सय २४, विहादि गाउँपालिकामा ६ हजार २ सय १६ र महाशिला गाउँपालिकामा ४ हजार ८ सय ५८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

पर्वतमा  एमालेले पाइप र काँगे्रसले मतदातालाई फकाउनको लागि चामल बाँडेको आरोप लागेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!