पैँयूमा काँग्रेसको अग्रता

Posted on: 15 May, 2017

पर्वत – पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा २ सय मत गणना गर्दा काँग्रेसले १ सय १४ मत प्राप्त गरेको छ  भने एमालेले ६७ र माओवादी केन्द्रले ८ मत प्राप्त गरेको छ। 


पैंयूँ–२ बेउलीबासको १ सय मत गणना गर्दा काँग्रेसको ५१, एमालेको ३० र माओबादीको ९ मत प्राप्त भएको छ । त्यस्तै पैंयूँ–३ त्रिबेणीमा १ सय मत गन्दा काँग्रेसको ४०, एमालेले ४९ र माओवादी केन्द्रले ७ मत प्राप्त गरेको पैंयूबाट परशुराम तिवारीले जानकारी दिए ।


पैंयूँमा भोली बिहानसम्ममा मतगणनाको नतिजा आउने उनको भनाई छ। नागरिकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!