पर्वतमा ३३ वडाको मत परिणाम सार्वजनिक, एमाले अघिअघि, कांग्रेस पछिपछि(हेनुहोस सुची सहित)

Posted on: 17 May, 2017

पर्वत ,   स्थानिय तहको चुनाव अन्तर्गत आइतार भएको मतदानको मतगणना पर्वतका अझै जारी रहेको छ । महाशिला र पैंयु गाउँपालिकामा सम्पन्न भैसकेको छ भने दुई नगरपालिका र तीन गाउँपालिकामा अझैपनि मतगणना जारी रहेको हो ।

पछिल्लो परिणाम अनुसार कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशीको अग्रता रहेको छ भने फलेवास नगरपालिकामा नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्माको अग्रता रहेको छ ।

कुश्मा नगरपालिकामा काँग्रेसका उम्मेदवार रामचन्द्र जोशीको पक्षमा २ हजार चार सय ९४ र एमाले उम्मेदवार मेघनाथ सुवेदीको पक्षमा एक हजार ६ सय ८२ रहेको छ । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार शंकर गिरको पक्षमा २ सय ४२ मत परेको छ ।

उपमेयरमा काँग्रेसका उम्मेदवार सिता शर्माको पक्षमा दुई हजार  चार सय ४६ छ भने एमालेका उम्मेदवार मुगा पोखरेलको पक्षमा १ हजार ७ सय २२ रहेको छ । त्यस्तै माओवादीको उपमेयरका उम्मेदवार तारा रिजालको पक्षमा २ सय ७८ मत प्राप्त भएको छ ।

उता दोस्रो नगरपालिका फलेवासमा नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्माको ४ हजार ६ सय ७१ रहेको छ भने नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार गंगाधर तिवारीको पक्षमा चार हजार ३ सय ८८ छ । भने उपप्रमुखका उम्मेदवारमा एमालेकी मञ्जु लम्सालको पक्षमा चार हजार पाँच सय ७९ छ र काँग्रेसका रेखा गुरुङको पक्षमा ४ हजार ४ सय ३१ मत प्राप्त भएको छ ।

अहिले सम्म पर्वतका ३४ वटा वडामा मतगणना सम्पन्न भैसकेको छ । जसमध्ये एमाले २०, काँग्रेस ११ र माओवादी केन्द्रले तीन वटा वडामा बिजय भएको छ ।

त्यसैगरी महाशिला गाउँपालिकामा नेकपा एमालेका  राजु पौडेल प्रमुख र हिरा थापा उपप्रमुखमा बिजयी भैसकेका छन् भने दक्षिण पर्वतको पैंयु गाउँपालिकामा नेपाली काँग्रैसका उम्मेदवार खगेन्द्र तिवारी र उपप्रमुखमा काँग्रेसकै उम्मेदवार जसमति गुरुङ बिजयी भैसकेका छन् । उता जलजला, मोदी र बिहादी गाउँपालिकाको मतगणना भने अझै जारी रहेको छ । आज साँझ सम्म परिणाम आइसक्ने सम्वन्धित निर्वाचन कार्यालयले जानकारी दिएका छन् ।

ward 33

यस बिषयमा तपाइको प्रतिक्रिया...!