डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

Posted on: 29 Jun, 2017

असार १५, डडेल्धुरा | जिल्लाको अजयमेरु गाउँपालिकामा पछिल्लो मतगणना अनुसार कुल ४ सय मतमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

माओवादी केन्द्रका प्रमुख उमेशप्रसाद भट्टले ११७, माओवादी केन्द्रका उपप्रमुख कलापती भाणाले ९८ मत प्राप्त गरेकी छिन् । त्यस्तै एमाले धनबहादुर साउदले ९७ एमाले उपप्रमुख सुम्मिता पन्त १०४, कांग्रेसका कमलसिह भाट ६३, उपप्रमुख कमला विष्टले ७१, कांग्रेसका बागी लोकराज भट्टले ७३, उपप्रमुखमा बागी किशोर विष्टले ७१ मत प्राप्त गरेका छन् ।

जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा केहीबेरमा मतगणना सुरु हुने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!