रोल्पामा कांग्रेस-एमालेको गठबन्धनलाई हराउँदै माओवादी केन्द्र विजयी

Posted on: 01 Jul, 2017

असार १७, रोल्पा । रोल्पाको माडी गाउँपालिकामा कांग्रेस-एमालेको गठबन्धनलाइ पाखालगाउँदै माओबादी केन्द्र बिजयी भएको छ ।

अध्यक्षमा माओबादी केन्द्रका नन्दबहादुर पुनमगरले २४५२ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका गोपाल घर्तीमगरले १६१९ मत पाएका छन् ।

यस्तै उपध्यक्षमा पनि माओबादी केन्द्रकै धनीकला घर्तीमगर २४७४ मत ल्याएर बिजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका प्रेम बहादुर घर्तीमगरले १३३६ मत पाएका छन् ।

यस आघि माओबादी केन्द्रले रोल्पाका ४ गाउँपालिकामा बिजय प्राप्त गरिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!