जिसस रोल्पामा माओवादी माओवादी केन्द्रको मात्रै उम्मेदवारी

Posted on: 06 Aug, 2017

साउन २२, रोल्पा । जिल्ला समन्वय समिति रोल्पामा नेकपा (माओवादी केन्द्र) बाट मात्रै उम्मेदवारी परेका कारण निर्विरोध हुने स्थिति देखापरेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्न दिएको समय सीमाभित्र माओवादी केन्द्रका उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ । 

जिल्ला समन्वय समितिका संयोजकमा राजबहादुर बुढा र सहसंयोजकमा विमला बुढाको उम्मेदवारी परेको छ । यसैगरी, समन्वय समितिको सदस्यमा कर्मलाल परियार, खमिता रानामगर, शर्मिला बुढामगर, मानबहादुर केसी, मीना पुनमगर, धनबहादुर पुनमगर र लोकमन ओलीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ओलीले जानकारी दिनुभयो । 

एउटा दलको मात्रै उम्मेदवारी परेको भए पनि निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा गरी साउन २७ गते औपचारिक रुपमा निर्वाचित भएको घोषणा गरिने ओलीले बताउनुभयो । 

दश स्थानीय तह रहेको रोल्पामा माओवादी केन्द्रले सात, नेकपा एमालेले दुई र नेपाली कांँग्रेसले एक स्थानीय तह जितेका थिए । माओवादी केन्द्रको एकल बहुमत भएकाले नेपाली काँग्रेस र एमालेले उम्मेदवारी दर्ता नगराएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!