जलेश्वर नगर १० मा राप्रपा र २ मा स्वतन्त्र उम्मेदवार विजयी

Posted on: 21 Sep, 2017

असोज ५, गौशाला । राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ । 

जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाका रुदल ठाकुरले १७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताउनुभयो । 

जलेश्वर–२ मा स्वतन्त्र उम्मेदवार विजयी 

यसैगरी जलेश्वर नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । 

स्वतन्त्र उम्मेदवार बरुण दाहालले २९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरम नेपालका शिवचन्द्र चौधरीले २४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!