राष्ट्रपति विज्ञान प्रयोगशालाको उद्घाटन गर्न जुम्ला आउँदै

Posted on: 11 Oct, 2017

नन्दराम जैशी/असोज २५, जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला आउनु हुने भएको छ । 

चन्नदननाथ नमुना माध्यमिक विद्यालयमा नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला आउन लाग्नु भएको हो । भण्डारी बिहान साँढे १० बजे जुम्ला आईपुग्नुहुने कार्यक्रम छ । 

जुम्लामा उहाँले चन्दननाथ भैरबनाथ मन्दिरमा पुजाआजा सहित प्रयोगशालाको उद्घाटन गर्ने कार्यतालिका रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्लाको कृषि सम्भावना तथा चुनौतीका बारे अन्तरक्रिया कार्यक्रममापनि सहभागि हुने कार्यतालिका छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले बताउनुभयो । 

राष्ट्रपति जुम्ला आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!