सिरहामा उम्मेदवारी मनोनयनपत्र, क-कसले दिए उम्मेदवारी ?

Posted on: 02 Nov, 2017

कात्तिक १६, लहान (रासस) | प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज सिरहाका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । 

सिरहा सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रदीप गिरी, वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गंगाप्रसाद यादव, फोरम–राजपा गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका राजलाल यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यस्तै सिरहा क्षेत्र नं २ मा काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादव, वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का सुरेशचन्द्र दास यादव र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका शत्रुधन महतो कोइरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै सिरहा क्षेत्र नं ३ मा काँग्रेसका अमर रेग्मी, वाम गठबन्धनबाट एमालेका लीलानाथ श्रेष्ठ, फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका अशेश्वर यादवको उम्मेदवारी दर्ता गराउनुभएको छ । 

सिरहा क्षेत्र नं ४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अजयशंकर नायक, काँग्रेसका निवर्तमान सांसद मोख्तार अहमद, फोरम–राजपा गठबन्धनका तर्फबाट राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी प्रदेशसभाका लागि क्षेत्र नं १(क) मा काँग्रेसका सन्तोषकुमार चौधरी, वाम गठबन्धनबाट एमालेका लगनलाल चौधरी, फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका वैधनाथप्रसाद साहले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

क्षेत्र नं १ (ख) मा काँग्रेसका देवनाथ यादव, वाम गठबन्धनबाट एमालेका अशोक यादव र फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका राजकुमार गुप्ताले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

क्षेत्र नं २ (क) मा काँग्रेसका शैलेन्द्रकुमार यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका जीवछ यादव र फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका विजयकुमार यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । २(ख) मा काँग्रेसका तपेश्वर महतो, वाम गठबन्धनबाट माओवादी केन्द्रका मदन शेन श्रीवास्तव, फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका निर्मला यादवले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

क्षेत्र नं ३(क) मा काँग्रेसका मुस्ताक अन्सारी, वाम गठबन्धनबाट माओवादी केन्द्रका रामकुमार यादव र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका मनोजकुमार सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ भने क्षेत्र नम्बर ३(ख) मा काँग्रेसका सुभाष यादव, वाम गठबन्धनबाट एमालेका प्रमोद यादव, फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका मनोरञ्जन गोइतले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

क्षेत्र नं ४(क) मा काँग्रेसका कपिलदेव साह, वाम गठबन्धनबाट माओवादी केन्द्रका दिलीप साह र फोरम–राजपा गठबन्धनका तर्फबाट राजपाका रामकुमार मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नं ४(ख) मा काँग्रेसका गणेश मण्डल, वाम गठबन्धनबाट एमालेका तुलसीप्रसाद यादव र फोरम–राजपा गठबन्धनका तर्फबाट राजपाका सुरेश मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!