रोल्पामा नेपाली कांग्रेसले चुनावी गतिविधि तीब्र बनायो

Posted on: 08 Nov, 2017

कात्तिक २२, रोल्पा । नेपाली काँग्रेस रोल्पाले आसन्न निर्वाचनमा आफ्ना गतिविधिहरुलाई तीब्र बनाएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनका उमेदवार एवम नेपाली काँग्रेस रोल्पाका सभापति तथा सिंचाई राज्य मन्त्री अमरसिंह पुन, प्रदेश सभा सदस्य रोल्पा १ का उमेदवार शेरबहादुर महरा लगायतको टोली आज बडाचौरमा पुगेको छ । 

उहाँहरुको साथमा संस्थापक सभापति सुरेन्द्र हमाल, पूर्व सभापति माधवप्रसाद आचार्य पूर्व सांसद लेखनाथ आचार्य सहितको टोली पुगेको छ । यस्तै क्षेत्र नं. २ मा यसअघि अमरसिंह पुन पुगेर आउनु भएको छ । 


क्षेत्र नं. २ को  आजै दुईखोलीमा  खगेन्द्रप्रकाश हमाल सहित बिभिन्न नेता तथा कार्यकर्ताहरु पुग्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसले प्रचार प्रसारका गतिविधि बढाएसंगै स्थानीय मतदाताहरुमा  उत्साह जागेको छ । 

बिहिबार भाबाङमा र सुलिचौरमा भेटघाट कार्यक्रम तय गरिएको नेपाली काँग्रेसका कार्यालय सचिव भीमबहादुर घर्तीले जानकारी दिनुभयो । २०७० सालको संविधान सभा  निर्वाचनमा भन्दा गत स्थानीय तहको निर्वाचनमा रोल्पमा नेपाली कांग्रेसको पक्षमा हजारौं मत बृद्धि हुनुले नेपाली कांग्रेसलाई सकारात्मक सन्देश दिएको नेताहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!