रोल्पामा वर्षमान पुन चढेको गाडीमा शक्तिशाली माइन बिस्फोट

Posted on: 11 Nov, 2017

कात्तिक २५, रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडीमा शक्तिशाली माइन बिस्पोट भएको छ ।

रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको हो । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । 

विस्फोट लगत्तै बाटो छेउमा लुकेर बसेको समुहले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए । उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको बताइएको छ ।

माइन बिस्फोट हुँदा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको बताइएको छ ।

वर्षमान पुनसमेत चढेको गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती पनि थिइन् । गाडीमा रोल्पा २ का माओवादी प्रत्यक्ष उम्मेदवार दीपेन्द्र पुन पनि थिए । एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपाति उम्मेदवार ईश्वर घर्ती एउटै टोलीमा भए पनि छुट्टै गाडीमा थिए ।

पुनसहितको टोली ५ वटा गाडीमा लस्करै जिनाबाङबाट घर्ती गाउँ जाँदै गरेको भए पनि बिचमा रहेको पुनकै गाडीलाई लक्षित गरेर माइन विस्फोट भएको बताइएको छ । 

बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले उक्त माइन थापेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पुनको दवावमा आफ्ना जिल्ला सेक्रेटरी सन्तोष सुवेदी र इन्चार्ज दलबहादुर खत्रीलाई प्रहरीले पक्रेको भन्दै नेकपाका कार्यकर्ता आक्रोशित थिए ।

शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!