गुल्मीमा वाम गठबन्धनले २ हजार मिटर पाईप वरामद गर्यो

Posted on: 18 Nov, 2017

प्रेम सुनार/मङ्सिर २, गुल्मी । अहिले साँझ केहि वेर अघि गुल्मीको क्षेत्र नम्वर १ को प्रदेश नम्वर २ मा २ हजार मिटर  खानेपानीका पाईप वामगठबन्धनका युवा संगठनले वरामद गरेको समाचार प्राप्त भएको छ ।   

क्षेत्र नम्वर १ का वामगठबन्धन निर्वाचन परिचालन कमिटीका  सचिवालय सदस्य  मनिराम ज्ञवालीले गुल्मी दरवार गाउँपालिको वलीथुम अर्दि भन्ने स्थानबाट गठबन्धनका युवाहरुले लु २ ज १३७८ नम्वरको जिपमा लैजाँदै गरेको २ हजार मिटर पाईप वरामद गरी राखेको जानकारी दिएका हुन् ।

वामगठन्धनले क्षेत्र नम्वर १ अन्तरगत प्रदेश नम्वर २ का उमेदवार धनेन्द्र कार्कीले  चुनावमा जनताको मत प्रभावित पार्न वितरण गर्न लागेको  आरोप लगाएका छन ।   

पाईप बाँडनका लागि हो या सरकारी वा कुनै व्यक्तिको हो ? भन्ने विषयमा आधिकारिक पुष्टाई हुन नसके पनि यो समाचार लेख्न वेला सम्म उक्त पाईप   वामगठबन्धनका युवाहरुको नियन्त्रणमा रहेको छ ।

उक्त पाईप वामगठबन्धनका  प्रकाश सर्तुङ्गे लगायतका युवाहरुले  वरामद गरेका थिए । यस सम्वन्धमा नेपाली कांग्रेसबाट प्रदेश नम्वर २ का उमेदवार धनेन्द्र कार्की संग टेलिफान सम्पर्क राख्दा आफुलाई केहि पनि थाह नभएको भन्दै आफु माथी झुटो आरोप लगाईएको बताए ।   

उनि संग कुरा भएको केहि छिन नवित्दै यताबाट सम्पर्क राखिएको  सोही टेलिफोन नम्वरमा वलिथुम स्थित नेपाली कांग्रेसका कार्यकर्ता प्रेम पुनले अत्तालिदै फोन गरे ।

उनले अलि चर्को स्वरमा भने –‘एमालेका मान्छेहरुले नियन्त्रणमा लिएको  उक्त पाईप न उमेदवार धनेन्द्र कार्कीले दिएको हो न त म आफु प्रेम पुनले दिएको हो । ’ उनले थपे– ‘त्यो पाईप  वडाबाट छुट्टाईएको ५० हजार रकमबाट  खरिद गरेर ल्याईएको हो । उनिहरुले भने जस्तो होईन्, समाचार लेख्दा अलि ख्याल गर्नु होला ।  

त्यसो त स्थानिय तहको निर्वाचनमा  पनि एमाले कार्यकर्ताहरुले नेपाली कांग्रेसले  बाँडेको भन्दै सोही गाउँपालिकाको छिमेक रेसुङ्गा नगरपालिकाको वडा नम्वर १३ मा पनि १ हजार मिटर पाईप नियन्त्रणमा लिएका थिए ।

वरामद गरिएको उक्त पाईपको वारेमा रिर्पोटिङ्ग गर्न पुगेको यसै समाचारदातालाई गौडाकोटमा कांग्रेस कार्यकर्ताहरुले घेराउ गरी चार पाँच घण्टा सम्म नियन्त्रणमा लिएका थिए । 

निर्वाचन अधिकृत सहित प्रहरीको ठुलो संख्या पुगेर यस समाचारदातालाई त्यहाँबाट राती सदरमुकाम लिएर आएका थिए । वामगठबन्धनका  परिचालन कमिटी सदस्य पुनाराम ज्ञवाली भन्छन् –‘यहि हो कांग्रेसको लोकतन्त्र  ? कुनै सञ्चारकर्मीले रिर्पोटिङ्ग गर्न र समाचार लेख्न पनि नपाउने ? 


यस बिषयमा तपाइको प्रतिक्रिया...!