पर्वतका उम्मेदवारहरुको आआफ्नै डम्फू -भिडियाे सहित

Posted on: 30 Nov, 2017

पर्वत । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति नजिकिएसँगै पर्वतमा चुनावी माहोल ह्वात्तै बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कस्ले बाजी मार्ला भन्ने बहसको विषय भएको छ । क्षेत्र नं १ बाट लगातार तिनपटक विजयी भएका अर्जुनप्रसाद जोशी प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका छन् । उनको प्रतिद्वन्द्वीमा बामगठबन्धनका युवा नेता पदम गिरी छन् ।

पुर्नसंरचनाले जिल्लालाई प्रतिनिधिसभाको लागि एक र प्रदेशसभाका लागि २ क्षेत्र निर्धारण गरेपछि अर्जुन जोशीलाई चुनाव जित्छु भन्नेमा भय पनि छ । क्षेत्र न ं १ मा तीन पटक विजयी भएको नेता जोशी यसपाली चुनाव जित्छु भन्ने पनि छ तर बामगठबन्धनको तालमेलका कारण हार्छु कि भन्ने पनि छ । यद्यपी उनी आफूले जिल्लामा चौथो पटक पनि विजयी हुनेमा विश्वस्त देखिन्छन् ।

नेपाली काँग्रेसभित्रको आन्तरीक द्वन्द्व र बामगठबन्धनको तागतका कारण बामगठबन्धनले जिल्लामा १८ बर्षदेखि रहेको नेपाली काँग्रेसको किल्ला भत्काउने दाबी गर्छ । बामगठबन्धनले स्थानीय तहको मतका आधारमा आफूलाई शक्तिशाली देखेको छ । जसका कारण पनि जित हुनेमा विश्वस्त छ ।

काँग्रेसभित्रकै केहि शीर्ष नेताहरु अर्जून जोशीको उम्मेदवारी देखिबाटनै रुष्ट रहेका छन् । जसको फाइदा बामगठबन्धनले लिने प्रयास पनि गरेको छ । आन्तरिक द्वन्द्वमा रहेको काँग्रेसलाई यहि मौकामा पराजय गर्न सकेमा जिल्लामा कम्युनिष्टहरुको एक क्षत्र हुने बामपन्थीहरुको तयारी छ ।
स्थानीय तहको मतपरिणाम अनुसार बामगठबन्धन नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धन भन्दा ६ हजार मतले अगाडि छ । जिल्लाभरको नतिजा बामपन्थीको पक्षमा देखिएको छ तर नेपाली काँग्रेस भने त्यसलाई आधार मान्न चाहादैन ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशी भेडाबाख्रा, रुखविरुवाको मत गणना हुन सक्ने तर मतदाताहरुको मत गणना हुन नसक्ने भन्दै त्यसमा कुनै पनि आधारपूर्ण तर्क नभएको बताउँछन् ।

उनी आफूलाई जिल्लाबासीको मनमनमा रहेको बताउँदै जिल्लाको विकासको लागि नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिल्लाबासीले यसपाली पनि विजयी गराउने र आफूले विजयीको माला लगाउने जोशीको दाबी छ ।
यता बामगठबन्धनका नेताहरु भने आफूहरुले यसपाली विजयीको माला पहिरिने दाबी गर्दै आएका छन् । प्रतिनिधिसभा उम्मदेवार बनेका एमाले अध्यक्ष पदम गिरीले अब देशभरी बामपन्थीहरुको विजयीको लहर चल्ने बताउँदै आफ्नो जित सुनुश्चित भएको बताउँछन् ।
उनले जिल्लामा बामगठबन्धन लोकतान्त्रिक गठबन्धन भन्दा निकै बलियो भएको उनको टिप्पणी छ ।

बामपन्थी नेता एवं नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले जिल्लामा अब कम्युनिष्टको जीत हुने दाबी गर्छन । उनले बामपन्थी र लोकतान्त्रिक पक्षको यो लडाइभन्दा पनि विकास र समृद्धिबादी र अलोकतान्त्रिक पक्षहरुको विचको लडाइ भएको बताउँछन् ।

जिल्लामा लामो समयसम्म नेतृत्व गर्दा समेत नेपाली काँग्रेसले कुनै पनि विकास गर्न नसकेको र जनताको मन जित्न नसकेको उनको आरोप छ तर नेपाली काँग्रेसका नेता एव ं प्रतिनिधिसभा उम्मेदवा अर्जुन जोश ीभने उक्त आरोप निराधार भएको बताउँछन् । जोशीले जिल्लाबासीको मनमा आफूनै भएका कारण कोहि कसैले पनि जोशीलाई हराउन नसक्ने उनको दाबी छ । जनताको मनमा म छु त्यसैले मेरो जित सुनुश्चित छ । उनले भने ।
उम्मेदवार बनेका अर्जुन जोशी र पदम गिरीको आआफ्नो विजय हुने दाबी छ तर आगामी योजना भने उहि देखिन्छ । दुवै नेता तथा उम्मेदवाहरुले जिल्लाको सडकको स्तरोन्ती, खानेपानी, सिचाइ, विद्युत, उघुउद्यम, स्वरोजगार , कृषि लगायतका विषयमा जोड दिएका छन् ।
अर्जुन जोशीले क्षेत्र नं १ आफूले लगातार जितेको भएका कारण आफ्नो किल्ला भएको बताउँछन् । उनले क्षेत्र नं १ मा नेपाली काँग्रेसको जीत र आफूलाई समर्थन अत्याधिक हुने र क्षेत्र नं २ मा आफूले गरेकाmे विकासका कारण पनि सो क्षेत्रमा पनि आफ्नो राम्रो मत आउने उनको दाबी छ ।

प्रतिनिधिसभा तर्फ क्षेत्र नं १ मा उम्मेदवार बनेका बामपन्थी नेता नेत्र अधिकारीलेपनि आफ्नो जीत हुने बताएका छन् । उनले जनताले आफूलाई यसपाली विजयीको माला लगाउने दाबी गरेका छन् । लामोसमय देखि माओवादीमा लागेका नेता अधिकारी दलित, अपाङ्गता, महिला, जनजाती, उत्पीडन बर्ग, विपन्न वर्गको मुक्ति र अधिकारको लागि लडेको बताउँदै त्यसको प्रतिफलस्वरुप आफु विजयी हुने उनको विश्वास छ ।
उनले जनयुद्धकाल देखि आफूले पछाडि परेका समुदायहको हक र अधिकारको लागि गरेको संघर्ष, त्याग, तपस्याको कदर मतदाताहरुले गर्ने बताए ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेका नवराज गुरुङले पनि आफूले जित्ने दाबी गर्छन । काँग्रेसको गणका रुपमा रहेको क्षेत्र नं १ बाटनै अर्जुनप्रसाद जोशीले तिनपटक विजयी भएको क्षेत्र भएका कारण पनि आफ्नो पक्षमा मत आउने उनको दाबी छ ।
चुनाव प्रचारप्रसारमा पाएको जनमत र शुभकामनाले पनि आफूलाई जित्नेमा विश्वास रहेको नेता गुरुङ बताउँछन् ।
यता क्षेत्र नं २ तर्फ बामगठबन्धनका उम्मेदवार बनेका विकास लम्साल र नेपाली काँग्रेसबाट उम्मेदवार बनेका राजेन्द्र तिवारी दुवैले आफ्नो जीत हुने दाबी गरेका छन् ।

एमालेको गणका रुपमा गनिएको क्षेत्र नं १ ले २०७० सालको निर्वाचनमा लस्साललाई सांसद बनाइ पठाइ सकेको र यसपाली पनि प्रदेशसभामा आफूलाई जनाताले चुनेर पठाउने उनको विस्वास छ । तिवारीले पनि युवाहरुको मनमा आफू रहेका कारण आफूले जित्ने दाबी गर्छन । उनले युवाहरुकै अधिकारको लागि आफू चुनावी मैदानमा होमिएको र दक्षिण क्षेत्रको विकास गर्नको लागि पनि आफूलाई जनताले भोट दिनेमा उनी विश्वस्त देखिन्छन् ।

मतदाता के भन्छन् ?
पाङ–इन्द्रका प्रेम विक केही बर्ष विदेशमा भौतारिएर अहिले कुस्मामा फर्केर आधुनिक आरन चलाइरहेका छन् । राजनीतिक दल र नेताका आश्वासनप्रति उनलाई विश्वास छैन । ‘स्वदेशमै केही गरौ भनेर फर्केर आएको, तर हामीलाई उद्यम गर्नको लागि कुनै सुविधा छैन’ विकले भने, ‘जसले चुनाव जिते पनि विकास गर्छन भन्ने विश्वास छैन ।’
६५ बर्षीय पदमदत्त रेग्मीले ठट्यौली भाषामा भने, ‘अब नयाँ भैसी किन्ने विचार छ ।’ अन्य भेगका मतदाता जस्तै पर्वतका मतदातापनि राजनीतिक दलका क्रियाकलापप्रति आक्रोशित छन् ।
वामपन्थी गठबन्धनका उम्मेदवारहरु आफूहरुले लिएको सही नीतिका कारण पर्वतमा चुनाव जित्नेमा ढुक्क रहेको बताउछन् । मंसिर २१ गते हुने चुनावका लागि राजनीतिक दलहरुले प्रचार प्रसारको कामलाई तीब्र बनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!