३२ जिल्लामा मतदान सकिएपनि उम्मेदवारहरुको छटपटि सकिएन

Posted on: 01 Dec, 2017

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १५, दार्चुला । जिल्ला दौडाहा गरेर मतदाताहरुसंग मत मागेका उम्मेदबारहरुलाइ मतदान सकिएपनि मतपरिणाम सार्बजनिक नहुँदा बेचैनि सकिएको छैन । 

मतदाता फकाउन र मत आफ्नो पक्षमा पार्न १ महिनाबढी धौडधुप गरेका उम्मेदबारहरुलाइ फुर्सद त भएको छ । तर रातभरी चैनको निन्द्रा भने पर्न सकेको छैन । मतदान त सकियो तर नतिजा मतपेटिकामै कैद भएर बसेको छ, नतिजा थाहा पाउन लामो प्रतीक्षा गर्नुपर्ने देखीयो दार्चुला जिल्लाका प्रतिनिधिसभामा बाम गठबन्धनबाट प्रतक्ष्य उम्मेदबार गणेश सिह ठगुन्नाले भन्नुभयो, जितिन्छ भन्ने विश्वास हो तर विजय उत्सव मनाउन लामो समय कुर्नुपर्ने भयो ।’ बोहराको मात्रै हैन पहिलो चरणमा निर्वाचन भएका सबै जिल्लाका उम्मेदवारको प्रतिक्रिर्या यस्तै रहेको छ । 


मतपरिणाम सार्वजनिक हुन अझै केही दिन लाग्ने भएकाले सबैजसो उम्मेदवार बेचैन देखीन्छन । निर्बाचन सकिएपछि अबिर लगाउने धोको भएका उम्मेदबारहरु अनुमान लगाएरै मतहरुको जोडघटाउ गरीरहेका छन । यतिबेला धेरै उम्मेदवार जित्ने आशामा बसेका छन् । तर दार्चुलामा प्रतक्ष्य चुनाब लडेका १५ जना उम्मेदबारहरुमध्ये ३ जनाको बिजय र बाकी १२ जनाको पराजय निश्चित नै देखीन्छ । कसको भाग्य उदाउछ र कसले पराजय भोग्नुपर्छ त्यो भने मतगणनापछि मात्रै थाहा हुनेछ ।

मतपरिणाम सार्बजनिक हुने दिन गन्दै दलका कार्यकर्ता ।

उम्मेदबारहरुमात्रै हैन, उम्मेदवारलाई जिताउन लागी परेका कार्यकर्ता तत्कालै मतगणना नहुने भएकाले उत्साही देखीदैनन । ‘यही हुन्छ भन्नै नसकिने भयो । चुनाव सकिएलगत्तै मतगणनामा जुन खालको उत्सह हुन्थ्यो, त्यो छैन’ प्रदेश क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार मदन गीरीलाइ जिताउँन चुनाबि प्रचार गरेका सिबराज जोशीले भन्नुभयो ‘चुनाव सकिएलगत्तै मतगणना भएको भए उत्साह हुन्थ्यो, सदरमुकातिरै बसिन्थ्यो । अहिले नै मतगणना नहुने भएपछि गाउँफर्कीसकेको छु । 

प्रदेश तथा प्रतिनिधि सभाको सांसद् बन्ने उम्मेदवारको भविष्य केही समय मतपेटिकाभित्र थुनिने भएपछि कार्यकर्ताहरुको उत्साह कम हुदै गएको छ । निर्वाचन सम्पन्न भएका ३२ ओटै जिल्लामा मंगलबारसम्म मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र्पुयाइएका छन । 

प्रदेशनम्बर ७ का बझाङ, दार्चुला लगायत जिल्लाको केहि बिकट एब. दुर्गम मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत र्पुयाइएको छ भने अन्य ठाउँमा कडा सुरक्षाबीच स्थलमार्गकै प्रयोग गरेर गाडीमार्फत मतपेटिका सदरमुकाम र्पुयाइएको छ । आफ्नो दल आबद्ध उम्मेदबारले जितेमा बिजय भोज खाने र उत्सब मनाउने प्रतिक्षा गर्न गाह्रो भइरहेको कार्यकर्ताहरुको प्रतिकृर्या रहेको छ ।

मत परिणामका लागि धैर्य गर्न गाह्रो मतदाता, उत्साह सेलाउँदै, उत्सुकता बढ्दै ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव सम्पन्न भएको दार्चुला, बैतडी, बाजुरा र बझाङका मतदातालाई मतपरिणाम कुर्न गाह्रो भएको छ । मंसिर १० गते शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भए पनि लामो समयसम्म कुर्नुपर्दा उत्साह कम हुदै गएको मतदाताहरुले बताएका छन । 

कसले चुनाब जित्ला वा नतिजा कसको पक्षमा आउला, आफुले मतदान गरेको उम्मेदबारको अवस्था के होला भन्ने कौतुहलता बढ्दै गएको शैल्यसिखर नगरपालीका ६ स्थानिय नबराज धामीले बताउनुभयो ।

चुनावमा मतदान गर्न कै लागि जिल्ला बाहिर र देश बाहिर रहेका मतदाता पनि आफ्नो कामलाई थाती राख्दै जिल्ला आएका थिए । मतपरिणाम ढिला सार्वजानिक हुँदा उनीहरुमा निराशा छाएको छ । केहि मतदाता भने नतिजा आउँदासम्म ढिला हुने भन्दै कर्मथलो लागीसकेका छन ।

कार्यकर्ता शुभचिन्तकहरुलाइ विजय ¥यालीमा सहभागी हुने रहर छ तर बिदा नहुदा जिल्ला बाहिरबाट मतदानकालागी फर्कीएका अधिकासं मतदाता फर्कीने क्रम शुरु भएको छ । दार्चुला लगायत पहिलो चरणमा निर्बाचन भएका सबै जिल्लाका राजनीतिकदलका नेता कार्यकर्ता, मतदाता सबै अहिले मतपरिणामको बेग्र प्रतिक्षमा छन । 

सुरक्षाकर्मीसंगै राजनीतिक दलका प्रतिनिधिहरु २४ सै घन्टा मतपेटिकाको सुरक्षामा तैनाथ ।

दार्चुलाका राजनीतिक दलका प्रतिनिधिहरु सुरक्षाकर्मीसँगै मतपेटिकाको सुरक्षा गर्न ड्युटिमा खटिएका छन् । निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणअन्तर्गतको निर्वाचनपछि मात्रै मतगणना गर्ने निर्णय गरेपछि संकलित मतपेटिकाहरुलाइ पहरा दिन सुरक्षाकर्मीसँगै उम्मेदवारका प्रतिनिधिहरु पनि खटिएका हुन् । निर्वाचन भएको लामो समयसम्म मतपेटिकाहरु प्रशासनको जिम्मामा छाड्नु पर्दा मत पेटिका साटिन सक्ने सम्भावना रहेको भन्दै उम्मेदवारहरुले आफ्ना प्रतिनिधिलाई पनि मतपेटिका सील गरेर राखेको ठाउँमा २४ सै घण्टा खटाएका हुन् । 


दार्चुलामा बाम गठबन्धको तर्फबाट ५ जना नेकपा एमाले र ५ जना नेकपा माओबादी केन्द्रका प्रतिनिधिहरुले २ जनाले २ घन्टा पालो मिलाएर पहरा दिनेगरी ड्युटि गरीरहेको बाम गठबन्धनका ड्युटि कमान्डर भुवन सिह धामीले बताउँनुभयो ।

जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका संकलन भइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर सबै मतपेटिकालाई कर्मचारी आवास भवनका राखेको छ । तर उक्त टाउँमा रातिको समयमा चिया पानी र कपडासम्मको समेत ब्यबस्थापन नगरीदिदा समस्या भएको धामीको भनाइ छ । हुनत मतपेटिकाको सुरक्षाका लागि मतपेटिका राखिएको कोठामा सुरक्षण सिल हालिएको छ । 

दार्चुलाका १ सय २९ मतदान केन्द्रबाट संकलन भएको मतपेटिका राखिएको कोठाको ढोकामा मूख्य निर्वाचन अधिकृतको ताला, प्रमुख राजनीतिक दलहरुको ताला र लाहा छापका साथमा निर्वाचन आयोगको सुरक्षण सिल राखिएको हो । तरपनि प्रतिनिधिहरुले सहज बसाइको ब्यबस्था नहुदा समस्या भएको बताएका छन । मतपेटिकाको सुरक्षाका गेट बाहिर नेपाली सेना, परिषरमा शसस्त्र प्रहरी र भित्र मतपेटिका राखीएको कोठा नजिक नेपाल प्रहरी रहने व्यवस्था मिलाइएको छ । 

तराइ जिल्लाको प्रचारमा हिँडे दार्चुलाका उम्मेदवार, कार्यकर्ता मतदाता पनि गन्तब्यतिर ।

दार्चुलाका राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवार अहिले दोस्रो चरणमा निर्बाचन हुने जिल्लाको प्रचारमा हिडेका हुन । पहिलोचरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव सम्पन्न भएपछि उम्मेदवार र कार्यकर्ता डडेल्धुरा, कैलाली र कञ्चनपुरमा पुगेका छन् ।

पहिलो चरणको चुनाव सम्पन्न भइसकेको ठाउँमा दोस्रो चरणको चुनावपछि एकै चरणमा मतगणना गरिने भएपछि दोस्रो चरणको चुनाबमा आफ्नो पार्टीलाइ सहयोग गर्न भन्दै दार्चुलाका नेता कार्यकर्ता तराइ झरेका हुन । 

यस्तै निर्बाचनमा मतदान गर्नकालागी जिल्ला बाहिरबाट दार्चुला आएका मतदाताहरुभने मत परिणाम ढिलोगरी सार्बजनिक हुने भएपछि गन्तब्यतिर लागेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!