अब कोख देखि शोकसम्म काँग्रेसले भत्ता दिन्छ- अर्जुन जोशी (भिडियो सहित)

Posted on: 01 Dec, 2017

मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार एवं कोणसभामा स्थानीयवासीहरुलाई सम्बोधन गर्दै जोशीले वृद्ध भत्ता ५ हजार वनाउने, सुत्केरी भत्ता देखि किरिया खर्च वापतको भत्ता पनि काँग्रेसको सरकारले दिने जोशीले वताउनुभएको छ । एकपटक काँग्रेसको घोषणापत्र अध्ययन गर्न उहाँले मतदातालाई आव्हान पनि गर्नुभयो ।

उहाँले काँग्रेसको प्रतिस्पर्धा कुनै दल संग नभएर जनताको घरमा रहेको गरिवी संग रहेको चर्चा गर्नुभयो । जनतालाई धनी वनाउने वारेमा मात्र काँग्रेसको ध्यान रहेको उहाँको भनाई छ । उहाँले पर्वत जिल्लामा आफुले शुरु गरेका विकासका कार्यहरु पुरा गर्ने र पर्वतलाई समृद्ध जिल्ला वनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।


आफु जित्दा जनताले जित्ने तर विपक्षीले जित्दा जनता हार्ने उहाँले वताउनुभएको छ । व्याक्तिगत स्वार्थलाई महत्व नदिएर आफ्ना वुवा अमृतप्रसाद जोशीले गरेको सामाजिक सहयोगको आफुले संधै अनुकरण गरिरहेको वताउँदै नेता जोशीले मतदाताहरुलाई कुनै द्धिविधा नराखी रुखमा मतदान गर्न आग्रह गर्नुभयो ।


प्रदेशसभा क का उम्मेदवार नवराज गुरुङले जिल्लाको समग्र विकास, जनताको आर्थिक समृद्धि, देशको राजनीतिक संकट समाधान र परिवर्तनलाई संस्थागत गर्न रुखमा मतदान गर्नुपर्ने वताउनुभयो । गुरुङले आफ्नो उदेश्य भनेको जिल्लावासीहरुको सेवा गर्ने रहेको वताउँदै यसपालीको चुनावमा विजयी गराएर जनताको सेवक वन्ने मौका दिन देउपुरवासीहरुलाई अनुरोध गर्नुभयो ।


देशले शान्तिको सास फेर्न नपाउने अवस्था नआओस र देशले अव निकास पाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको औल्यानुभएको छ । 


कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नेपाल तरुणदलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ,पूर्व महासमिति सदस्य वलभद्र शर्मा, जिल्ला कार्यसमिति सदस्य रामचन्द्र तिमिल्सीना राप्रपा देउपुरका अध्यक्ष चन्द्रवहादुर हमाल लगायतले बोल्दै लोकतन्त्र जोगाउन लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभएको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!