गठवन्धनका पक्षमा खुलेर मतदान गर्न गिरीको अपिल

Posted on: 03 Dec, 2017

नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल गर्नुभएको छ । 

शनिवार पर्वतको कश्मा नगरपालिका १४ आर्थरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै गिरीले अबको यो मुलुकको भाग्य र भविष्य कोर्ने दलनै बाम गठवन्धन भएकाले बिना संकोच मतदान गरी आफुहरुलाई बिजयी गराउन आग्रह गर्नुभयो । लामो समयदेखि अस्थिरतामा रुमलिएको मुलुकलाई निकास दिनका लागि एमाले र माओवादी एकता भएको बताउँदै गिरीले यस पटक बहुमत दिएर हेर्न अपिल गर्नुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार नेत्र अधिकारीले मुलुकमा आर्थिक क्रान्ति र समृद्धिका लागि बाम गठवन्धनको विकल्प नभएको बताउनुभयो । लामो समय काँग्रेसको नेतृत्वमा मुलुक संचालन भएपनि विकासले गति लिन नसकेको बताउँदै गाउँ देखि केन्द्रसम्म समान विकासका लागि आफुहरुलाई जिताउन आग्रह गर्नुभयो । 

समानुपातीक उम्मेदवार तथा नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङ्गले मुलुकको समृद्धि र प्रगति चाहानेहरुले बाम गठवन्धनलाई मत दिनुपर्नेमा जोड दिनुभयो । मुलुकलाई यथास्थितिमा राख्ने कि अघि बढाउने भन्ने जिम्मा यतिवेला नेपाली जनतामा निर्भर रहेको समेत बताउनुयो । 

कार्यक्रममा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, प्रेस चौतारीका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतले बोलेका थिए । आर्थरका दुई स्थानमा छुट्टाछुट्टै भएको कार्यक्रममा झण्डै ५० जना युवा नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!