चुनाव हारेको झोकमा काँग्रेसले गर्यो शिक्षकमाथि खुकुरी प्रहार, अबस्था गम्भीर

Posted on: 12 Dec, 2017

मिराज कोइराला 

पर्वत । नेपाली काँग्रेस पर्वतले आफ्नो लज्जासपद हार भएपछि बामगठबन्धन कार्यकर्ता र समर्थक एवं शुभचिन्तक माथि हमला शुरु गरेको छ । फलेवास नगरपालिका ११ पाङराङ अम्डिका शिक्षक शिवबहादुर पाठकमाथि खुकुरी प्रहार भएको छ ।

पाठक बामगठबन्धनको विजयी जुलुशमा सहभागी भएर जाँदै गर्दा उनीमाथि स्थानीय स्थानीय ३८ बर्षका गोबिन्द कँडेल र ३५ बर्षिय हर्कबहादुर कँडेलले मादक पदार्थ सेवन गरी खुकुरीले प्रहार गरेको र पाठकको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।, 

घाइतेको पोखरा मणिपालमा उपचार भैरहेको र अभियुक्त प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । घटनाको बारेमा अनुसन्धान भैराखेको प्रहरीले जनाएको छ ।


घाइते शिक्षकले विहादी १ बाच्छा सालडाँडामा रहेको विद्यालयमा अध्यापन गराउँदै आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!