स्थानीय तहका कर्मचारिको तलव भत्ता रोकियो

Posted on: 13 Dec, 2017

टेक शाही | साझासवाल | मँसिर २७, डोल्पा | डोल्पामा स्थानीय तहका कर्मचारिहरुको तलव भत्ता रोकिएको छ । ठुलीभेरि नगरपालिकामा रहेका सबै सरकारी कार्यालयका कर्मचारिहरुको तलव रोकिएको हो । कसैले दैनिक कार्यालयमा बसेर काम गरेको र कसैले हाजीर नै नगरि तलव लिने प्रबित्तिको हावी भए पछि स्थानिय तहका कर्मचारिको तलव रोकिएको ठुलीभेरि नगरापालिकाका प्रमूख गणेश बहादुर शाहीले जानकारि दिए । 


तलव रोकिनेमा प्राबि देखि माबि सम्मका शिक्षकहरु,स्वास्थ्यका कर्मचारिहरु,हुलाक,कृषि,बन,तथा वडा स्तरका कर्मचारिहरु रहेको ठुलीभेरि नगरपालिकाले जानकारि दिएको छ । शिक्षक र अन्य निजामति कर्मचारिहरुले आफनो जागिर भन्दा धेरै समय ब्यापार,राजनिति र अन्य क्षेत्रमा लगाउने गरेकोले पनि काम अनुसारको दाम दिने हिसावले तलव रोकिएको नगर प्रमूख गणेश बहादुर शाहीले बताए । उनका अनुसार शिक्षकले दैनिक बिद्यालयमा पढाउनु पर्छ राजानिति गर्न पाइदैन भने निजामती कर्मचारिले आफनो खटाएको क्षेत्रमा गएर काम गर्नु पर्छ नत्र भने कारवाहि हुने बताए । उनले भने जनताको काम नगर्ने कर्मचारिलाइ सेवा सुबिधा रोकिने भएकोले ठगेर खाने जमाना गएको बताए । 

ठुलीभेरि नगरपालिकाका कर्मचारिहरुको तलव रोकिएको र छनबिन गरेर मात्र तलव निकाषा दिने नगरपालिकाले जानकारि दिएको छ । काम नगरेर सरकारको सेवा लिने कर्मचारिहरुको कारण काम गर्ने कर्मचारिहरु समेत मार पर्ने भएकोले तत्काल केहि दिनमा छनबिन गरि तलव फुकुवा गरिने नगरपालिकाको कार्यालय जानकारि दिएको छ । 


डोल्पा जिल्ला अत्यन्त जाडो हुने हिमाली जिल्ला भएको कारण मंसिरको पहिलो साता नै अधिकांश कर्मचारीहरु घरतिर जाने परमपरा रहेको छ । अघिल्ला बर्षमा बिद्यालयको परिक्ष नै नसकि घर जाने शिक्षक तथा कार्य क्षेत्रमा नगएर बिदा बस्ने निजामति कर्मचारिहरु यस पालि भने मंसिर सकिनै लाग्दा पनि घर जान पाएका छैनन । 

हरेक कार्यालयमा कर्मचारिहरु बस्नु पर्ने र बिदामा जाँदा आलो पालो गरेर जनताको काममा बाधा नपर्ने गरि जाने ब्यवस्था सम्म मिलाउन सकिने जिल्ला समन्वय समितिले जानकारि दिएको छ । तर अबस्था हेरेर मात्र बिदा बस्न पाउने कार्यालय प्रमूख बिहिन बनाउन नपाइने समन्वय समितिले बताएको छ । 

काम गर्ने कर्मचारिहरुलाइ दैनिक भत्ताको ब्वस्था गर्ने तर कामै नगरि ठगेर खाने कर्मचारिलाइ कारवाहि गरिने चेतावनी त्रिपूरा सुन्दरी नगरपालिकाका प्रमूख ओम बहादुर बुढाले दिएका छन । उनि भन्छन जनताको काम गर्नको लागि सरकारको जागिर खाए पछि भने अनुसारको काम गर्नु पर्ने बताउछन । यदि जनताको काम भएन भने तत्काल कारवाहि गरिने र मनपरि बिदामा बसे त्यसको प्रतिफलले पछि पछुताउनु पर्ने चेतावनी दिए । 

सरकारले कर्मचारी नपाठाए पछि अहिले पनि कर्मचारिहरु बिहिन अबस्थामा सथानीय तहहरु चलि रहेका छन । सरकारले कर्मचारिहरु समायोजन नगरे पछि जिल्लामा भएका कर्मचारी पनि अन्योलमा रहेका छन । यता जनप्रतिनिधिहरु भने जनताको सबै काम आफुले गर्नु परेकोले कर्मचारि छिटो पठाउन माग गर्छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!