नौगाड गाउँपालीका केन्द्र होपरिगाड सार्न गाउँसभाले गरेको निर्णय मन्त्रीपरिषदद्धारा सदर

Posted on: 04 Jan, 2018

लोकेन्द्र प्रशाद जोशी/पुस २०, दार्चुला । दार्चुलाको नौगाड गाउँपालीकाको सदरमुकाम वडा नम्बर ५ को होपरीगाडमा स्थापना हुने भएको छ । 

नौगाड गाउपालिकाको गाउँसभाले वडा नम्बर ६ बाट वडा नम्बर ५ को होपरीगाडमा गाउँपालीका केन्द्र स्थापना गर्न यसअघि नै गरेको निर्णय मन्त्रीपरिषद बैठकबाट सदर भएसंगै होपरीगाड केन्द्र हुने निश्चित भएको हो । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले नौगाड गाउँपालीकाको केन्द्र होपरिगाड रहने निर्णय गरेर रात्रपत्रमा प्रकासित गरेको छ । 

यसअघि गाउँपालीका केन्द्र कुन ठाउँमा राख्ने भन्ने बिषयमा ठुलो बिबाद भएको थियो । गाउँसभाले गरेको निर्णय बिरुद्ध वडा नम्बर ६ का वडाअध्यक्ष लगायत राजनितिक दल र स्थानियहरुले एक महिना बढी तालाबन्दी र आन्दोलन समेत गरेका थिए । 

अहिले आएर गाउँसभाकै निर्णय मन्त्रीपरिषदले सदर गरीदिनु आम नौगाडबासीको हितमा भएको गाउँपालीका अध्यक्ष प्रेम सिह धामीले बताउँनुभयो । 

गाउँसभा र मन्त्रीपरिषदले गरेको निर्णय नौगाडबासीको लागी उपयुक्त रहेको नागरीक समाज नौगाडका रघुबिर सिह ठगुन्नाको भनाइ छ । 

अहिले कायम गरीएको केन्द्र होपरिगाड सबै वडाको बिच भागमा अर्थात सबैको पायक पर्ने भएकाले गाउँपालीकाबासीहरुलाइ न्याय भएको ठगुन्नाले बताउँनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!