भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउनु हुन्नः बिजुक्छे

Posted on: 07 Jan, 2018

पुस २३, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश ३ को राजधानी भक्तपुरमा बनाउन नहुने बताएका छन् ।

सरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको छ । तर, विजुक्छे भने त्यसको विपक्षमा देखिएका छन् ।

पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बिजुक्छले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताए ।

वाम गठबन्धनभित्र राजनीतक स्वार्थ अधिक देखिएको बताउँदै उनले गठबन्धको दिर्घकालीन स्वरुप देख्न नसकेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!