प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश

Posted on: 17 Jun, 2018

असार ३, काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गर्नुभएको छ । 

विधेयक प्रस्तुत गर्दै उहाँले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको हो भन्नुभयो । 

यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण शिवाकोटी र चक्रप्रसाद स्नेहीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!