फेक इन्काउन्टरको हल्ला मात्र हो : गृहमन्त्री थापा

Posted on: 10 Aug, 2018

साउन २५, काठमाडौँ | गृहमन्त्री थापा 'बादल' ले भक्तपुरका बालक निशानको अपहरण पछि हत्या गर्नेहरुलाई प्रहरीले २४ घण्टा भित्रै निस्तेज पार्न सफल भएको बताएका छन् ।

शुक्रबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले फेक इन्काउन्टरको हल्ला मात्र भएको र सरकारले आफ्नो दायित्व सफलतापूर्वक निर्वाह गरेको जानकारी दिएका हुन् । 


गृहमन्त्री थापाले निशानका हत्यारा मुठभेडमा नै मारिएको दावी गर्दै उनले भने ‘हामीलाई प्राप्त रिपोर्ट अनुसार हत्यारा मुठभेडमा नै मारिएका हुन् ।’ 

गृहमन्त्री थापाले सरकारले जनताले सुम्पेको जिम्मेवारीलाई गम्भिरतापूर्वक लिएको र त्यसलाई पुरा गरिरहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!