लेखा समितिको लागि शाह अब्बल उम्मेदवार

Posted on: 10 Aug, 2018

साउन २५, काठमाण्डौ | संसदीय समितिमध्ये महत्वपूर्ण र सत्तापक्षलाई खबरदारी गर्ने लेखा समितिको सभापतिमा भरत शाहले दाबी गरेका छन् । शाह लेखाशास्त्र मै मास्टर डिग्रि हासिल गरेका तथा लेखा समितिमा २०५६ सालदेखी काम गरेकोले अब्बल देखिएका छन् । 


राज्यको ढुकुटीमा सत्तापक्षबाट हुने भ्रष्ट्रचार तथा अनियमितताको बारेमा खरो रुपमा उत्रिन सभापति दरिलो एवं भरिलो हुनु आवश्यक छ । यो सँगै विषयवस्तुको गहिरो ज्ञान र लामो समयको अनुभब हुनु उत्तिकै आवश्यक छ । यी दुवै गुणका धनी भएका शाहले लेखा समितिको नेतृत्व हाँक्न सक्नेमा कांग्रेस नेतृत्व समेत विश्वस्त रहेको छ ।

पूर्व अर्थराज्यमन्त्री समेत भैसकेका शाह रुपन्देहीबाट धेरै मतान्तरले निर्वाचन जितेका हुन् । साधारण एवं बौध्दिक ब्यक्तित्वको रुपमा चर्चा कमाएका शाह विषयवस्तुको गहनता र अध्ययन शिलताले सक्षम रहेको समितिकै सदस्यहरुको भनाई छ । संसदीय परम्परामा लामो अनुभव एवं दुई दशक देखी लेखा समितिमै काम गरिसकेकाले शाह अब्बल रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!