समाजमा हुने अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्दछ: उपाध्यक्ष कुवर

Posted on: 18 Aug, 2018

भदौ २, कपिलवस्तु | अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले समाजमा हुने अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । मुलुकमा दिन प्रतिदिन बलत्कार, लैङ्गिक हिंसा, चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा केहीहद सम्म बेरोजगारीले पनि साथ दिएको छ, उपाध्यक्ष कुंवरले भन्नुभयो यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि ब्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नुपर्दछ । अखिल छैठौं प्रदेश ५ को आज कपिलवस्तुमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । 


समाजमा घट्ने यस्ता अपराधिक गतिबिधि रोक्न युवा बिद्यार्थीले सचेतना अभियान संचालन गर्नुपर्नेमा पनि उहांको जोड रहेको छ ।  प्रदेश कमिटी अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष सुमन भण्डारीको स्वागत मन्तव्य र सचिव सुरेश आचार्यको संचालनमा सम्पन्न बैठकले आगामी असौज २६,२७ र २८ गते झापाको बिर्तामोडमा हुन लागेको संगठनको २१ औं राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सफल पार्न यस प्रदेशका १२ वटै जिल्लामा सांगठनिक गतिबिधिलाई तिब्र पार्ने निर्णय गरेको छ । जस अनुसार यहि भदौ १५ गतेभित्रमा सबै जिल्ला कमिटिका बैठकहरु सम्पन्न गर्ने, असौज १५ भित्रमा जिल्ला सम्मेलनहरु गर्ने साथै यस बिचमा अन्धबिस्वास र कुरिति बिरुद्ध नागरिक सचेतना अभियान संचालन गर्ने लगायतका निर्णय गरिएको अखिल छैठौं प्रदेश ५ का कोषाध्यक्ष प्रकाश जि.सी.ले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!