कर्णालीलाई मगन्ते बनाएः मुख्यमन्त्री

Posted on: 07 Oct, 2018

असोज २१, कालिकोट | हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले सहयोगका नाममा परनिर्भर बनाइएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । 

जुम्लामा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रियामा बोल्दै उनले आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दुका रहेको कर्णाली उतिबेला नुनबाहेक सबै कुरामा आत्मनिर्भर रहेकोमा आज विभिन्न सहयोगका नाममा मगन्ते बनाइएको बताएका हुन् ।


साझेदार संस्थाहरूबाट उत्पादन बढाउने भन्दा पनि आशामा बाँच्ने खालका कार्यक्रम सञ्चालन गरिँदा, भ्रष्टाचार र दलाल संस्कृतिको विकास हुँदा कर्णाली परनिर्भर बनेको उनले आरोप लगाए । ‘गैसस र भ्रष्टाचारलाई नियन्त्रण सके मुलुकको समृद्धि र विकासको सपना पूरा हुन्छ’ उनले भने । एक फरक प्रसङ्गमा उनले चीन भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय लगानीकर्तासँग भएको समझदारी अनुसार कर्णालीको सडक र विद्युत् निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गरे । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश विकासको ऐतिहासिक सङ्कल्प पूरा गर्न लिएको जिम्मेवारीअनुसार कर्णाली प्रदेशको अहिलेको परिचय बदल्ने प्रतिबद्धता व्यक्त गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!