राष्ट्रियसभाध्यक्ष तिमिल्सिनाले गरे ओली सरकारबारे यस्ता सनसनीपूर्ण खुलासा (भिडियो सहित)

Posted on: 14 Oct, 2018

पर्वत । राष्ट्रियसभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले केपी ओली नेतृत्वको सरकारबारे सनसनीपूर्ण खुलासा गरेका छन् । शुभकामना आदानप्रदान कार्यक्रमको लागि गृहजिल्ला आएका तिमिल्सिनाले ओली सरकार सफल भएको दाबी गरेका छन् ।

तिमिल्सिनाले केपी ओली सरकारले छिमेकी राष्ट्रबिच गरेको सकरात्मक सुमधुर सम्बन्ध, विकास र समृद्धिको लागि चालेको कदमनै ओली सरकारको सफलता भएको दाबी गरे । सरकारले गरेका कामकारवाहीहरुको प्रचारप्रसार हुन नसक्दा पनि ओली सरकारलाई घेराबन्दीमा गर्ने काम भैराखेको उनको तर्क छ ।

 

सरकारले आफूले राखेको योजना अनुसार अगाडी बढेको छ तर केहि ले ओली सरकारलाई बदनाम गराउनको लागि अनेक टिकाटिप्पणी गरेको उनको दाबी छ । जिल्लामा रहेका पत्रकाहरुसँगको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमका उनले यस्तो बताएका हुन् ।

भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!