प्रचण्डलाई भारत भ्रमणको निम्तो

Posted on: 23 Oct, 2018

कात्तिक ६, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको निम्तो आएको छ ।

भारतका दिवंगत पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको सम्झनामा इण्डिया फाउन्डेसनले गर्न लागेको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री प्रचण्डलाई पनि निम्तो आएको हो ।

शुक्रबारदेखि सुरु हुने कार्यक्रम तीन दिनसम्म चल्नेछ । यो कार्यक्रममा भारतका वित्तमन्त्री अरुण जेट्ली, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको सहभागिता रहने इण्डिया फाउन्डेसनले जनाएको छ ।

तर, प्रचण्डको निजी सचिवालयले भने भारत जाने नजाने अझै अनिश्चित रहेको बताएको छ । नेकपाको बैठक परेकाले जाने सम्भावना कम रहेको एक सदस्यले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!