काँग्रेस महासमिति बैठक सर्ने !

Posted on: 03 Nov, 2018

कात्तिक १७, काठमाडौं । मंसिर पहिलो साताका लागि तय भएको काँग्रेस महासमिति बैठक सर्ने भएको छ । विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपूग हुने भएपछि मंसिर ५ देखि ९ गतेसम्म हुने महासमिति बैठक नबस्ने निश्चित जस्तै भईसकेको छ ।

महासमिति बैठक मंसिरभित्रै गर्ने गरी सार्न लागिएको काँग्रेस स्रोतले जानकारी दिएको छ । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने बैठक सार्ने औपचारिक निर्णय नभएको बताउँछन् । यो विषयमा तिहार अगाडि बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुने उनले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!