गुल्मी काग्रेसद्धारा सम्मेलन गर्ने, देउवा र पौड्याल आउँदै

Posted on: 20 Nov, 2018

प्रेम सुनार | मंसिर ४, बुटवल ।  नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टीले ५० दिने महाअभियान संगै फेरी अर्को ऐतिहसिक र महत्वपुर्ण कार्यक्रम तय गरेको छ । हिजो र अँस्ती बसेको जिल्ला कार्य समितिको बैठकले मंसिर २० र २१   गुल्मी कांग्रेसको ईतिहाँस मै पहिलो पटक सम्मेलन गर्ने निर्णय गरेको छ ।

केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौड्याल विच खटपट चलिरहेको बेला एकताको भाव सम्प्रेषण गर्ने उद्देश्यका साथ गुल्मी कांग्रेसले उक्त सम्मेलनमा ती  दुबै नेतालाई ल्याउने भएको छ । बैठकको निर्णय सार्वाजानिक गर्दै पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले भने यस अर्थमा पनि यो सम्मेलन निकै महत्वपुर्ण छ । ’

त्यस्तै पार्टी सचिव खिलध्वज पन्थीले  नेपाली कांग्रेसले प्रतिपक्षले रचनात्मक सहयोग गरेको दावि गर्दै यो केन्द्र सरकार , प्रदेश  सरकार स्थानितरकार जनताको अपेक्षा अनुसार काम नगरी  निसार पारेको आरोप लगाए । अर्की पार्टी सचिव विष्णुकुमारी सापकोटाले नेपाली कांग्रेसले  खेल्दै आएको भुमिका अनुसार सरकार र सबै  पक्ष अगाडी बडेमा देश राम्ररी अगाडी बढ्ने दावि गरिन्।

पार्टी सभापति श्रेष्ठले पनि  तीनै तहको सरकारको काम प्रति असन्तुष्टी ब्यक्त गरे । उनी  र पार्टी सचिव पन्थीले कांग्रेसका पालामा पारिएको दर्जनौं ठुला योजनाहरु ऋलपत्र पारिएको , अन्यत्र पनि काम हुन नसकेको भन्दै सरकार प्रति रोष प्रकट  गरेका थिए ।   सभापति श्रेष्ठका अनुसार पहिलो दिन मंसिर २० गते केन्द्रिका सभापति देउवा र  नेता पौड्यालले सम्मेलनको उद्घाटन गर्ने छन  ।

दोश्रो दिन  वडा समितिका पार्टी सभापति उप सभापति सहित त्यो भन्दा माथील्ला समितिका  नेताहरुलाई अर्को दिन मंसिर २१    गते  तम्घासमा केन्द्रिय समितिका प्रवक्ता विश्वप्रकाश शर्मा , अर्का नेता प्रदिप  गिरी , मिनबहादुर बिश्वकर्मा ,  गगन थापा र चन्द्र भण्डारी लगायतका नेताहरुले पार्टी प्रशिक्षण दिने भएका छन ।  पुर्व तयारीका लागि मंसिर ८ गते जिल्ला समितिका नेताहरु प्रत्येक  स्थानिय तहमा पुगेर कार्यकर्ता संग तयारीका लागि जुट्ने निर्देशन दिने छन ।  पत्रकार सम्मेलना पुर्व पार्टी  सभापति त्रैलोक्यप्रताव सेनको पनि आतिथ्यता थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!