आज पोल्याण्ड जाँदै राष्ट्रपति भण्डारी

Posted on: 01 Dec, 2018

मङ्सिर १५, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने युरोप भ्रमणमा जाँदै छिन् । पोल्यान्डको कातोविचमा आइतबारदेखि दुई सातासम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम (कोप २४)मा सहभागी हुन उनी शनिबार त्यसतर्फ जान लागेकी हुन्।

पोल्यान्ड भ्रमणका क्रममा उनी एक दिन जर्मनीमा रहनेछिन् । त्यहाँ उनले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । पोल्यान्डमा हुने कोप २४ को उद्घाटन कार्यक्रममा राष्ट्रपतिले सहभागिता जनाउने परराष्ट्र अधिकारीले जानकारी दिए। भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले पोल्यान्डका समकक्षी आन्द्रेइज सेवास्टिन डुडासँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, संघीय सांसदका सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी हुँदै छन्। 

साथै परराष्ट्र अधिकारी, सचिवालयका अधिकारी, चिकित्सक र सुरक्षाकर्मी पनि रहनेछन्। बिहीबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!