भोलि सार्वजनिक विदा, मन्त्री अधिकारीलाई राजकीय सम्मान दिइने

Posted on: 27 Feb, 2019

फाल्गुन १५, काठमाडौं । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार वालुवाटारमा आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । 

यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । 

बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । गृह मन्त्रालयले दुर्घटना हुनुको कारण मौसम खराबी भएको बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!