दुई विधेयक प्रमाणीकरण

Posted on: 04 Mar, 2019

फागुन २०, काठमाडौँ  (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रमाणीकरण गर्नुभएको छ । 

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आइतबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!