सरकार र सीके राउतबीच ११ बुँदे सहमति

Posted on: 08 Mar, 2019

फागुन २४, काठमाडौं । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । आज काठमाडौँमा भएको घोषणा सभामा सरकार र गठबन्धनबीचको सहमति पढेर सुनाइएको हो। जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।

त्यस्तै सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मुलधारको राजनीति गर्न अवरोध नगर्ने उल्लेख छ । त्यस्तै प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धका कार्यकर्ताका परिवारालाई क्षतीपुर्ति दिने, गठबन्धनका नेता कार्यकर्ताको ज्ञान र र सीप राज्यका लागि लगाउने सहमतिमा उल्लेख छ ।

राउतसँग सरकारले गरेको ११ बुँदे सहमति



यस बिषयमा तपाइको प्रतिक्रिया...!