चैत २, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा शुक्रबार भएको आक्रमणको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् ।
न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गरेका छन् । साथै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले यस्तो जघन्य अपराधको कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताए । प्रधानमन्त्री ओलीले आतंकवादलाई परास्त गर्न पुरै विश्व एक भएर लाग्नु पर्ने पनि जोड दिए ।
शुक्रबार न्यूजिल्याण्डको क्राइस्ट चर्चमा भएको छुट्टा छुट्टै गोलीकाण्डमा ४९ जनाको ज्यान गएको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!