विप्लव समूहलाई चेतावनी दिंदै प्रधानमन्त्रीले भने'विचरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो'

Posted on: 28 Mar, 2019

चैत १४, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् ।

वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई कांग्रेसले समर्थन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसलाई भने ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍यो’ ।

नेकपाको प्रदेश ३ को पहिलो बैठकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दु:खद रहेको बताए । 

उनले अगाडी भने ‘विखण्डनवाद समाप्त भयो । यता वितण्डा मच्चाउन खोज्नेहरुलाई पनि नियन्त्रणमा लिनुपर्नेछ । यसमा कथित लोकतन्त्रवादी भन्नेहरुले छाती पिट्छन । यी पक्षहरु देखेर मलाई कांग्रेस देख्दा मलाई टिठ लाग्छ ।’

प्रधानमन्त्री ओलीले विप्लव समूह पार्टी नभइ कुनै गिरोह भएको टिप्पणी गरे । केहि दिन अघि संसद बैठकमै बोलेको भाषामा प्रधानमन्त्रीले विप्लबमाथि टिप्पणी गर्दै भने - ‘पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि कुनै घरमा छ ?’ 

कम्युनिस्ट पार्टी भएको कारण विप्लव समूहप्रति नरम हुनुपर्ने कतिपयले आफूलाई सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विप्लवले कम्युनिस्टको बर्कोमात्र ओढेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!