राप्रपा मकवानपुरले यस्तो गर्यो निर्णय

Posted on: 06 Apr, 2019

चैत्र २३, हेटौँडा। राप्रपा मकवानपुरको जिल्ला अधिवेशन २०७६ साल जेठको अन्तिम साता हुने भएको छ । आज हेटौँडामा भएको राप्रपा मकवानपुरको विस्तारित बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको संयोजकत्वमा ११ सदस्यीय कार्यसम्पादन समिति समेत निर्माण गरेको छ ।

समितिको सचिवमा पुर्णभद्र चौँलागाई तथा सह सचिवमा इन्दीरा न्यौपानेलाई चयन गरेको हो । राप्रपाले गाउँगाउँमा संगठन निर्माणको कामलाई तिब्रता प्रदान गर्ने पनि निर्णय गरेको छ । मकवापनुर जिल्ला भित्र रहेका १० वटै स्थानीय तहमा २०७६ जेष्ट मसान्त भित्र अधिवेशन सम्पन्न गर्न पनि जिम्मेवारी तोकिएको छ। बकैया गाउँपालिका र बागमती गाँउपालिकामा मधु अधिकारी र राजाराम अर्याल, मनहरी गाउँपालिका र राक्सिरा गाँउपालिकामा बालकृष्ण कार्की तथा सिताराम बर्ताैला लाई जिम्मेवारी दिइएको छ। त्यस्तै कैलास गाउँपालिका र थाहानगरपालिका ईन्द्र सरोवर गाँउपालिकामा राजाराम बर्ताैला र राम बहादुर थोकरलाई जिम्मा दिइएको छ। मकवापनुर गढी गाउँपालिका र भिमफेदीमा खिल प्रसाद चौलागाई र हेटा्रडा उपमहानगरपालिकामा गुरु प्रसाद सापकोटा र रामाशंकर श्रीवास्तवले अधिवेशन सम्पन्न गर्नेछन् । 

आजको बैठक बाट कार्यसम्पादन सचिवालय समितीको सदस्या सचिवको जिम्मेवारी पुर्णभद्र चौलागाई र ईन्दिरा न्यौपानेलाई दिने निर्णय पनि भएको हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!